काठमाडौं । च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पेनिस क्लब रियल मड्रिडलाई सहज रुपमा पराजित गरेको छ ।
बुधबार राति समूह ‘ए’ मा भएको खेलमा घरेलु टोली पीएसजीले रियल मड्रिडलाई ३-० गोलअन्तरले पराजित गरेको हो । पीएसजीमाथि रियलको केही चलेन ।
ENGLISH
होमपेज / खेलकुद
रियल मड्रिडलाई पीएसजीले हरायो, डी मारियाको दुई गोल
अनलाइनखबर
२०७६ असोज २ गते ७:१९ मा प्रकाशित
0
प्रतिक्रिया
86
SHARES
Facebook
Twitter
Email
Viber
Photo Credit : च्याम्पियन्स लिग
२ असोज, काठमाडौं । च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पेनिस क्लब रियल मड्रिडलाई सहज रुपमा पराजित गरेको छ ।
बुधबार राति समूह ‘ए’ मा भएको खेलमा घरेलु टोली पीएसजीले रियल मड्रिडलाई ३-० गोलअन्तरले पराजित गरेको हो । पीएसजीमाथि रियलको केही चलेन ।
पीएसजीलाई जित दिलाउन डि मारियाले दुई गोल गर्दा थोमस म्यानियरले एक गोल थपे ।
खेलको १४औं र ३३औं मिनेटमा डि मारियाले गोल गर्दै पीएसजीलाई २-० गोलको अग्रता दिलाएका थिए । पहिलो हाफसम्म २-० गोलअन्तरले अघि रहेको पीएसजीले दोस्रो हाफमा थप एक गोल गर्दै जित हात पारेको हो । खेलको अतिरिक्त समयमा थोमस म्यानियरले गोल गर्दै पीएसजीलाई ३-० गोलको जित दिलाए ।






