आदिवासी जनजाति महासंघमा गुरुङ्गको नेतृत्व

SHARE:

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) जिल्ला समन्वय परिषद मकवानपुरको अधिवेशनले सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । हेटौंडामा भएको तेस्रो अधिवेशनले जंगबहादुर गुरुङ्गको अध्यक्षतामा १२ सदस्सीय कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा खेमबहादुर चेपाङ, लिलाकुमार घलान र शिलु कुमाल, सचिवमा भीम भुजेल, कोषाध्यक्षमा पदमराज राई, सहसचिवमा बिसलाल खड्गी, सीसम माझी र एकबहादुर आले मगर तथा सदस्यहरुमा हरिलाल चौधरी, बिरबहादुर बोटे, प्रल्हाद राई दनुवार रहेका छन् ।

कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्य तथा प्रदेश सांसद ओम घलान, संघीय परिषदका कार्यवाहक महासचिव सुरविर थामी, नेपाल आदिवासी जनजाति महासंघ, प्रदेश ३ का संयोजक काजीमान तामाङको विशिष्ट आतिथ्य रहेको थियो ।

कार्यक्रममा आदिवासी जनजातिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै ‘आलु र तामा हजुर’ गितका गायक एवं लोकगायक सोमबहादुर लामालाई सम्मान गरिएको थियो । नेफिन मकवानपुरका अध्यक्ष तिर्थबहादुर थापा मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा सचिव कृष्णशरण जोशीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष खेमबहादुर चेपाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य अशोक सारु मगर, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरकी उपाध्यक्ष जानकी चौधरी, सल्लाहकार मधुकरसिं गलामी मगर, भुजेल समाज सेवा समिति मकवानपुरका अध्यक्ष ध्रुबबहादुर भुजेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!