पोखरा । हङकङ नेप्लीज ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशिप २०१९ मा नेपालका तीन जना तेक्वान्दो खेलाडीले पदक जितेका छन । हङकङ तेक्वान्दो नेप्लीजएसोशियसनको आयोजनामा सम्पन्नप्रतियोगितामा यू–१६ मा सन्ध्याथापाले स्वर्ण पदक जिते भने यू–११ आरएनसन जङ रानाले स्वर्ण पदक हात पारे ।
यसैगरी सिनियर महिलातर्फको प्रतिष्पर्धामा रेख माया गुरुङले काँश्य पदक हात पारेकी छन् । प्रतियोगितामा कास्कीका ६ जना खेलाडीको सहभागिता रहेको थियो । कास्कीका तेक्वान्दो खेलाडीलाई सहारा हङकङ र तामाङ धेदुङ संघ हङकङले स्वागत हङकङमा स्वागत गरेका थिए ।
हङकङ तेक्वान्दोका मुख्य राष्ट्रिय प्रशिक्षक ग्राण्ड माष्टर तुलसीकुमार गुरुङको निमन्त्रणामा नेपाली तेक्वान्दो टोली उक्त प्रतियोगितामा सहभागिता जनाएको थियो । प्रशिक्षक गुरुङले कास्कीको तेक्वान्दोको पुरानो शाख जोगाइराख्न प्रत्येक वर्ष हङकङका प्रतियोगिताहरुमा कास्कीका तेक्वान्दो खेलाडीहरुलाई सहभागिता गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।
प्रशिक्षक सुन बहादुर लामा सहित६ सदस्यिय तेक्वान्दो टोलीलाई एक साता अघि कास्की जिल्ला तथा गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले विदाई गरेकाथिए ।






