एनआरएनए यूकेको अध्यक्षमा पुनम गुरुङ निर्वाचित, २ सय ३ मतान्तरले शेर सुनार पराजित

SHARE:

एटा संवाददाता

अल्डरसट । एनआरएनए यूकेको अध्यक्षमा पुनम गुरुङ निर्वाचित भएकी छन् । उनी ४५५१ मत ल्याई एनआरएनए युकेको अध्यक्ष बनेकी हुन् । त्यस्तै, उनका प्रतिस्पर्धी शेर बहादुर सुनारले ४३४८ मत प्राप्त गरेका थिए । अध्यक्षका प्रत्यासी गुरुङ र सुनार दुवैजना यसअघिको कार्यसमितिका उपाध्यक्ष हुन् ।

उक्त नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रेम गाहा मगर, सुनिल बाबु खड्का, महिला उपाध्यक्षमा रोजिना प्रधान राई निर्वाचित भएका छन् । त्यस्तै, स्कटल्यान्डबाट मोहन कार्की राष्ट्रिय समन्वय परिषद (एनसीसी) उपाध्यक्षमा चयन भएका छन् भने उत्तरी आयरल्याण्डबाट नारायणदत्त कँडेल र वेल्सबाट रामचन्द्र पोखरेल एनसीसी उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

एनआरएनए यूकेको तर्फबाट आईसीसी सदस्यमा योगकुमार फगामी, दयानिधि सापकोटा, ललित न्यौपाने, लिलादेवी गुरुङ, सुशीला राई, अर्कराज तिम्सिना र सुरज मास्के निर्वाचित भएका छन् ।

त्यस्तै, महासचिवमा फडिन्द्रद्रभट्टराई, सचिवमा जित रानाभाट र कोशलेश्वर ढकाल (कृष्ण), महिला सचिवमा रन्जिता मल्ल, कोषाध्यक्षमा तेजेन्द्र रोका, सहकोषाध्यक्षमा सकुन्तला गुरुङ, युवा संयोजकमा नविन गुरुङ र महिला संयोजकमा प्रसुना कंडेल निर्वाचित भएकी छन् ।

त्यसैगरी, सरस्वती केसी, अमृता गिरी, गोमा पौडेल, प्रकाश कँडेल, कोपिला वनेम, लालबहादुर गुरुङ, कृष्णप्रसाद खरेल, डा. सुनिलकुमार शाह, हेमबहादुर लिम्बु, चन्द्रकला लिम्बु, तारामैया गुरुङ र ज्ञानेन्द्रद्रआले मगर सदस्यमा निर्वाचित भएका छन् ।

इङ्ल्यान्ड राज्य परिषदको अध्यक्षमा दिपक श्रेष्ठ, उपाध्यक्षमा लालबहादुर गुरुङ (एलबिजेड), सचिवमा गोबिन्द शर्मा खरेल, कोषाध्यक्षमा ध्रुवहरि बाँस्कोटा, सहकोषाध्यक्षमा चन्दन गुरुङ, सदस्यमा वन्दना केसी, मोहन ओली र प्रकाश न्यौपाने निर्वाचित भएका छन् ।

वेल्स राज्य परिषदको अध्यक्षमा कृष्णप्रसाद भण्डारी, उपाध्यक्षमा अमृत घले, सचिवमा प्रकाश कँडेल, सहसचिवमा सन्जिव मैनाली, कोषाध्यक्षमा विभूषणमान श्रेष्ठ, सदस्यहरुमा बलराम अधिकारी, खिमबहादुर क्षेत्री, जीवन केसी, रामेश्वर देवकोटा निर्विरोध निर्वाचित भएका छन् । उत्तरी आयरल्यान्ड राज्य परिषदका अध्यक्षमा नारायणबहादुर कुँवर, उपाध्यक्षमा बलबहादुर थापा, सचिवमा छमबहादुर रेग्मी, सहसचिव बिष्णुबहादुर क्षेत्री, रामु खड्का, सहकोषाध्यक्ष देवीलाल निउरे, सदस्यहरुमा रामप्रसाद निउरे, अम्मरबहादुर खत्री, जयन्ती चुडाल र तुलसीराम पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

स्कटल्यान्ड राज्य परिषदको अध्यक्षमा छविलाल अर्याल, उपाध्यक्षमा मनिष खत्री, सचिवमा दिवाकार पाण्डे, सहसचिवमा सजना गैरे भट्टराई, कोषाध्यक्ष शर्मिला भण्डारी, सहकोषाध्यक्ष भोजराज खरेल, सदस्यहरुमा रामप्रसाद कँडेल, शिवकान्त खरेल, सुशीला गैरे, टिकाराम खरेल निर्वाचित भएका छन् ।

गत आइतबार २३ सेप्टेम्बरका साँझ अल्डरसटस्थित एम्पायर हलमा आयोजित घोषणा सभा र शपथ ग्रहण समारोहमा नवनिर्वाचित अध्यक्ष पुनम गुरुङ लगायत निर्वाचित उम्मेदवारहरुलाई एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्य र आईसीसी सहकोषाध्यक्ष सोम सापकोटाले प्रमाणपत्र प्रदान गरेका थिए । त्यस्तै, आफन्तजन, साथीहरु र शुभचिन्तकहरुले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई खादा लगाई बधाई ज्ञापन गरेका छन् । सो कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख निर्वाचन आयुक्त मेजर डमर घले एमबिईले सपथग्रहण गराएका थिए भने सहप्रमुख आयुक्त पूर्वडिएसपी शिवजी श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!