ट्रेल वाकरमा तमुधिंको टिम [तस्बिरहरु]

SHARE:

मिलन तमु
बेलायत । भूपू गोर्खा परिवारलाई सहयोग गर्ने संस्था गोर्खा वेलफेयर ट्रष्ट र अक्सफामले आयोजना गरेको ट्रेल वाकर २०१९ मा तमूधिं यूके सहभागी भएको छ । बेलायतको प्रख्यात ट्रेल वाकरमा यसपटक पहिलोपटक तमुधिंले सहभागिता जनाएको हो । तमुधिं यूकेका उपाध्यक्ष हित काजी गुरुङको नेतृत्वमा माउसटेलका प्रमुख मान गुरुङ, गोर्खा इन्फरमेशनका प्रमुख पूर्ण गुरङ र गोर्खा किचेनका प्रमुख भीम गुरुङको टीमले ट्रेल वाकर २०१९ मा सहभागिता जनायो ।

सेप्टेम्बर २० देखि २२ सम्म भएको ट्रेल वाकर २०१९ मा ३० घण्टामा एक सय किलोमिटरको दूरी पार गर्नुपर्ने नियम छ । तमुधिं यूकेको टीमले पनि सो अवधिमा सफलताका साथ दूरी पार गर्‍यो । बेलायतका पिटर्स फिल्डबाट सुरु भएको सय किलोटिर ट्रेल वाकर २०१९ आइतबास बिहान मात्र सम्पन्न भएको हो ।

चार जनाको एक टीम रहने र पाँच सय टीमको सहभागिता रहेको ट्रेल वाकर २०१९ मा ब्रिटिस गोर्खा र भूपू गोर्खा सैनिकका टीमसमेत सहभागी थिए । धेरै टीम बेलायतका स्थानीय टीमहरुको सहभागिता थियो । ट्रेल वाकरमा सहभागिता जनाउन एक टीमले १४ सय पाउन्ड उठाउनुपर्ने नियम छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!