शेर्पा पत्रकार संघको अध्यक्षमा कर्मा शेर्पा चयन

SHARE:

काठमाडौं । शेर्पा पत्रकार संघ नेपालको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कर्मा शेर्पाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति आगामी दुई बर्षको लागि चयन गरेको हो । अध्यक्ष कर्मा यसअघि सचिव थिए ।
अधिवेशनले उपाध्यक्षमा सार्की शेर्पा, सचिवमा मिङमार सार्की शेर्पा, कोषाध्यक्षमा साङ डोमा शेर्पा र सहसचिवमा ङावा शेर्पालाई चयन गरेको हो ।

अधिवेशनकै अवसरमा संघले विभिन्न विद्यामा पत्रकारिता पुरस्कार समेत वितरण गरेको छ । बार्षिक रुपमा प्रदान गर्दै आएको सारा शेर्पा स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका कुम्भराज राई, स्काई मेमोरियल पत्रकारिता पुरस्कार अनलाइनखबरडटकमका अच्यूत पूरी, प्रथम शेर्पा लेखिका पर्यटन पत्रकारिता पुरस्कार नागरिक दैनिकका हिमाल लम्साल, हत्केला पत्रकारिता पुरस्कार नागरिकखबरडटकमका निमलेकी शेर्पा र उन्जेलामा स्मृती पत्रकारिता पुरस्कार सगरमाथाअनलाईनडटकमका बुद्धवीर बाहिङलाई प्रदान गरेको संस्थापक अध्यक्ष लाक्पा जी शेर्पाले जानकारी दिए ।

सांसद जिपछिरिङ लामाको प्रमुख आतिथ्यतामा राजधानीको होटल हार्दिकमा सम्पन्न छैठौं बार्षिकोत्सवमा पर्यटन विभागका निर्देशक मिरा आचार्यलाई पर्यटन बर्ष जनसेवा सम्मान, जस्मिन वैद्य समाजसेवा सम्मान बाल आपंगा टेवा संस्थाका देण्डी शेर्पा र जस्मिन वैद्य सहासिक कीर्तिमानी सम्मान सगरमाथा आरोही माया शेर्पालाई नगदसहित प्रदान गरेको संघका अध्यक्ष पासाङ शेर्पा छेल्हमुले जानकारी दिए ।

त्यस्तै, प्रथम शेर्पा लेखिकाको रुपमा लाक्पा फुटी शेर्पालाई सम्मान गरेको थियो भने लेखक सेर्कु शेर्पालाई पनि सम्मानित गरेका थिए । त्यस्तै, पत्रकारिता दश जोड २ मा अध्ययनरत शेर्पा समुदायका छात्रालाई २५ हजार छात्रवृत्ति र समुदायमा विभिन्न उपाधी विजेताहरुलाई समेत सोही अवसरमा सम्मान पत्र प्रदान गरे । कार्यक्रममा संघद्धारा आयोजित ९ दिने पत्रकारिता, उद्घोषण र माइण्ड टेक्नोलोजि तालिममा सहभागि ८० भन्दा बढी सहभागिलाई प्रमाण पत्र समेत प्रदान गरेका छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!