घृणाका अपराधहरू

SHARE:

घृणाका घटना जात, उमेर, धर्म, लैंगिक परिस्तिथि, विपरीत लिंगी अथवा अपाङ्गताको कारण हुनसक्छ । घृणाका घटनाहरुमा शारीरिक हमला, दुर्वचन, अश्लिल फोन गर्नु वा सन्देश पठाउनु, अपमानजनक चिठ्ठी लेख्नु, घरेलु हिंसा, सन्ताप उब्जाउनु, सम्पत्ति नोक्सान पुर्‍याउनु, जानीजानी आगो लगाउनु, हेप्नु अनि भित्तामा चित्र बनाएर वा लेखेर कसैको अपमान गर्नु पर्दछन् । साथै कसैको घर अगाडि वा पछाडि फोहोर फालेर वा अपमानजनक अनि खतरायुक्त समान चिट्ठी खसाल्ने बाकसमा हाल्नु पनि पर्छन् । यस्ता घटनाहरु तुरुन्त प्रहरीलाई जानकारी गराउनु पर्दछ । ह्याम्पसायर प्रहरीले यस्ता घटनालाई गम्भीर रुपमा लिनेछ ।
पीडितलाई परामर्शः
 सदैव चनाखो अनि विश्वस्त हुनुहोस् तर सामना गर्ने नसोच्नुहोस् ।
 रातविरात एक्लै घर नफर्किनुहोस् ।
 सधैँ प्रशस्त उज्यालो भएको बाटोमा हिँड्नुहोस् न, कि गल्ली वा पार्कमा ।
 कदापि अपराधीलाई स्वयम् चुनौती दिने वा सामना गर्ने कोसिस नगर्नुहोस् बरु जतिसक्दो छिटो सुरक्षित स्थान जस्तैः दोकानमा, साथीको घरमा जानुहोस् ।
 सधैं निजी सुरक्षाको लागि अलार्म बोकी हिँड्नुहोस् अनि आइपरेको खण्डमा प्रयोग गर्नुहोस् ।
 यदि फोन अकस्मात प्रयोग गर्नु परेमा सधैँ पूरा चार्जमा राख्नुहोस् ।
 यदि ट्याक्सी चढ्नु परेमा भनि सधैं निश्चित रकम आफूसँग राख्नुहोस् ।
 सदैव आफ्नो अनि आफ्नो परिवारको सुरक्षामा ध्यान राख्नु प्रथम दायित्व हुन्छ ।
 घरको वा गाडीको चाबी सदैव तयारी अवस्थामा राख्नुहोस् ।
 यदि तपाईलाई धम्कीको आभास वा मारपिटको शंका लागेमा ९९९ मा कल गर्नुहोस् ।
 यदि अनलाइनमा अपमानजनक टिप्पणी आएमा त्यसको जवाफ नदिनुहोस् । रिपोर्ट गर्नुहोस्

प्रायः वेबसाईटहरुले अपमानजनक टिप्पणी वा दुर्वचनको बारेमा सूचना दिन प्रोत्साहन गर्दछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!