घलेभञ्ज्याङ । नुवाकोट पञ्चकन्या गाउँपालिका ३ घलेभञ्ज्याङ्गमा डेंगु र आत्महत्याविरुद्धको सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
इलाका प्रहरी कार्यालय पञ्चकन्याका प्रहरी नायव निरीक्षक रामेश्वर सहनीको नेतृत्वमा सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत बिहीबार उक्त कार्यक्रम भएको हो । बिहान ११ बजे सुरु भएको कार्यक्रम १ बजेसम्म समापन भएको थियो ।
कार्यक्रममा सरकारी कर्मचारी, प्रहरी, स्थानीयको सहभागिता थियो ।
मुलुकका अधिकांश जिल्लामा डेंगु फैलिएको बेला घलेभञ्ज्याङमा पनि त्यसबाट बच्ने उपायबारे सचेतना कार्यक्रम आयोजना भएको हो ।








