सडक दुरावस्थाप्रति सांसद तामाङको आक्रोश- ‘ठेकेदारको बेइमानीमा कर्मचारीको मिलेमतो’

SHARE:

काठमाडौ । संघीय सांसद हितबहादुर तामाङले राजधानी काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने नाकाहरु वर्षौंसम्म दयनीय अवस्थामा रहनुमा ठेकेदारको बेइमानीमा कर्मचारीको मिलेमतो रहेको भन्दै आक्रोश पोखेका छन् । विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार विदुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सांसद तामाङले उक्त धारणा राखेका हु्न् ।

राजधानीबाट नुवाकोट भित्रने बालाजुबाट रानीपौवा-त्रिशुलीदेखि रसुवा जाने सडक, झोर-छहरे-ढिकुरे हुँदै विदुर पुग्ने र गल्छी-त्रिशूली तीन वटै सडकका अवस्था दयनीय छ । पूर्व खेलकुद मन्त्रीसमेत रहेका तामाङले सडक निर्माणको लागि आफ्नो राजनीतिक सम्बन्ध बिगारेर अगाडि बढिरहेको बताए ।

सरकारको अहिलेको उपलब्धिलाई सहन नसकेर कसैको योजनामा कर्मचारीलाई प्रयोग गरी सरकारलाई फेल गराएर बदनाम गराउन खाजेको हो वा सरकारले नै कर्मचारीलाई सहि ढंगले परिचालन गर्न नसकेको हो भन्दै सांसद तामाङले राजधानीबाट बाहिरिने मुख्य नौबिसे सडकखण्डमा यात्रुहरुले भोग्नुपरेको पीडा समाधान गर्न आग्रह गरे । अहिलेको विकास निर्माणको गतिले नेपाल भ्रमण वर्ष २०२० लाई प्रभाव पार्ने भन्दै चिन्ता व्यक्त गरे । औल्याउनुभएको छ । उनले पर्यटन वर्ष २०२० लाई सफल बनाउनका लागि स्थानीय क्षेत्रको प्रचारमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउनका लागि प्रदेश सांसद केशव पाण्डेले नुवाकोट जिल्ला प्रचुर संभावना बोकेको जिल्ला भएकाले लुकेर बसेका महत्वपूर्ण स्थलहरुका संरक्षण र प्रवर्द्धन पहल गर्नुपर्ने बताए । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले पर्यटन वर्ष २०२० सफल पार्न र नुवाकोटमा विदेशी पर्यटक भित्र्याउन चलनचल्तीका भेषभुषा, भाषाधर्म, नेपालको प्रकृति र संस्कृतिले नै विदेशी पर्यटकलाई फरकपन दिने भएकाले त्यसको जर्गेना गर्न लाग्नुपर्ने बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!