लन्डन टेनिस टुर्नामेन्ट सम्पन्न

SHARE:

उमेशराज मोक्तान
लन्डन । गत २८ सेप्टेम्बर शनिबारका दिन मिलहिल लन्डनमा नेपाली भाषा तथा साँस्कृतिक केन्द्र यूकेले पहिलोपटक टेनिस खेल आयोजना ग-यो । स्वास्थ्य नै धन हो, त्यसैले शरीर स्वस्थ राख्नका साथसाथै टेनिस खेलाडीहरुलाई प्रोत्साहन मिलोस् र खेललाई निरन्तरता दिई यूकेका अन्य स्थानीय क्लबहरुमा पनि नेपाली खेलाडीहरुले खेल्न सकोस् भन्ने अभिप्रायले टेनिस खेल सुरु गरेको अध्यक्ष सुमन प्रधानले बताए ।

ओपन मेन्स सिंगल र ओपन मेन्स डबल दुई क्याटोगरीमा खेल खेलाइएको थियो । टेनिस प्रतियोगितामा भाग लिन स्थानीय खेलाडीबाहेक बेजिङ्गस्टोक, बाटफोर्ड, अल्डरसट, फोक्सटन र डार्टफोर्डबाट पनि खेलाडीहरु सहभागी भएका थिए ।

सिंगल तर्फको खेलमा बेजिङ्गस्टोकका कृष्ण थापामगर पहिलो भएका थिए भने बन्र्टओकका राजन फ्युयाल दोस्रो भएका थिए । त्यस्तै, डबल्सतर्फको खेलमा हेजका आरबी राई र बन्र्टओकका माधव पराजुली र वाटफोर्डका गौरव बराल उपविजेता भएका थिए । खेलमा वेस्ट प्लेयर अफ द टुर्नामेन्ट अल्डरसटका देवेन्द्र गुरुङले पाएका थिए ।

टुर्नामेन्टका मुख्य अतिथि एवं यती नेपाली एशोसिएशन युकेका वर्तमान अध्यक्ष समाजसेवी धु्रव केसीले विजेता खेलाडीहरुलाई ट्रफि, मेडल र नगद हस्तान्तरण गर्दै यसरी नै खेलाडीहरुको मनोबल बढाउन, प्रोत्सहान दिदैं कम्तीमा वर्षको २ पटक खेल गराउन सल्लाह दिँदै आयोजक खेलाडी सबैलाई धन्यवाद दिएको अध्यक्ष सुमन प्रधानले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!