अन्तर्राष्ट्रिय तमु सम्मेलन असोज २४ र २५ गते काठमाडौंमा हुने

SHARE:

काठमाडौं । आदिवासी तमुको छाता सङ्गठन तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा तमुहरुको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । उक्त सम्मेलन असोज २४ र २५ गते हुने छोंज धिंद्वारा शुत्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सम्मेलनमा करीब २० देशका प्रतिनिधिको सहभागिता रहने छ । सम्मेलनले विश्वभर छरिएर रहेका तमुलाई एकताबद्ध बनाउने, तुमबीच भाइचाराको सम्बन्ध स्थापित गर्ने र तमु समुदायको संस्कार संस्कृतिको संरक्षण तथा सम्वद्र्धनका लागि सचेतना जगाउने छोंज धिंका अध्यक्ष रेशम गुरुङले जानकारी दिनुभयो । तमुको मूलथलो गण्डकी प्रदेश भए पनि हाल विश्वका धेरै मुलुकमा तमुको बसोवास रहेको पाइन्छ । विशेष गरेर भारत, भुटान, बर्मा, बेलायत, मलेसिया, सिङ्गापुर र जापानमा तमुको बसोवास छ । सम्मेलन काठमाडौँको राष्ट्रिय सभागृहमा हुनेछ । सम्मेलनको क्रममा ‘एकता, पहिचान, अस्तित्व र समृद्धि’को छुट्टाछुट्टै शीर्षकमा कार्यशाला सञ्चालन हुनेछ । सम्मेलनमा तमुको संस्कार र संस्कृति झल्किने विविध सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!