बलात्कार प्रयासको आरोप लागेका महरालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

SHARE:

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दिपक कुमार दाहालको इजलाशले यसअघिको १० दिन हिरासतमा रहेका महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । महरा गत असोज १९ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ गरेका थिए ।

अदालत खुलेसँगै महरालाई प्रहरीले मंगलबार बिहान महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।

शाहीले आफूमाथि बलात्कार प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त वानेश्वरमा किटानी जाहेरी गरेपछि प्रहरीले महरालाई बालुवाटारस्थित सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको थियो ।

त्यसयता प्रहरी हिरासतमा रहेका उनलाई अदालत खुलेसँगै मंगलबार उपस्थित गराइएको हो ।

महराले असोज १२ गते रोशनीमाथि बलात्कार गरेको भन्दै असोज १४ गते खुलासा भएको थियो । सो खुलासापछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । अहिले महराको सांसद पद समेत निलम्बनमा परेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!