तोडफोडमा उत्रिएका सांसद साह पक्राउ

SHARE:

काठमाडौं । जनकपुरस्थित विमानस्थल तोडफोड गरेको अभियोगमा राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद कुमार साह पक्राउ गरेका छन् । विमानस्थलको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय धुनषामा सोमबार उजुरी परेसँगै उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले काठमाडौं विमानस्थलबाट पक्राउ गरेको हो ।

उनलाई आजै जिल्ला अदालत धनुषामा पेस गरेको छ । सर्लाहीबाट निर्वाचित सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए । आजै नागरिक उड्डयन प्राधिकरण जनकपुरको कार्यालयले सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सिर्जना गरेको भन्दै गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गरेको थियो ।

कानूनमा के छ व्यवस्था ?

सो ऐनको अन्तर्गत अपराध गरेको खण्डमा ५ वर्ष देखि १० वर्ष सम्मको कैद हुने प्रावधान छ । त्यसैगरी विमानस्थल सुरक्षा विरुद्धको अपराध अन्तर्गत विमानस्थल तथा विमानस्थल क्षेत्र भित्र वा बाहिर रहेका संचार तथा उपकरण सहायक, दृष्टिगत सहायक, मौसम तथा जलवायू सम्बन्धि उपकरण, अग्नी निवारण तथा जिवनोउद्धार, सेवा सम्बन्धी यन्त्र तथा उपकरण, सुरक्षा सम्बन्धी अन्य उपकरण तथा यन्त्र तथा हवाई उडानसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्धी अन्य यन्त्र उपकरण , धावन मार्ग, धावन मार्ग तर्फ जाने टेक्सी वे, विसान, वायू यान राख्ने स्थान आदी वा सो सम्बन्धी मालसमान कुनै प्रकारले पूर्ण वा आंशिक रुपमा विगारे, भत्काए, क्षती पुर्याए, वा नष्ट गरेमा विमानस्थल सुरक्षा विरुद्धको अपराध मानिनेछ ।

सो किसिमको अपराध गर्नेलाई अपराध गर्नबाट भएको नोक्सानी विगो भराई निजलाई एक वर्ष देखि ५ वर्ष सम्म कैद हुने व्यवस्था छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!