बेलायतको सम्मान पराजुली र पुरस्कार मुकारुङलाई

SHARE:

काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको ‘प्रतिभा सम्मान’ तथा ‘प्रतिभा पुरस्कार’को घोषणा गरेको छ । संस्थाकी अध्यक्ष दीपा लिम्बू राईको अध्यक्षतामा हालै बेलायतको हाइवेकममा बसेको बैठकले काठमाडौँका वरिष्ठ साहित्यकार गोपाल पराजुलीलाई ‘प्रतिभा सम्मान’ र भोजपुरका गीतकार तथा संस्कृतिकर्मी शुभ मुकारुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो । सम्मानमा बीस हजार नगद, सम्मानपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा एक लाख नगद र ताम्रपत्र छ ।

वि.सं. २००७ पुस २ गते काठमाडौँको कोटेश्वरमा जन्मिएका पराजुलीका करिब डेढ दर्जन पुस्तक प्रकाशित छन् । कविता, नाटक लगायतका विविध विधामार्फत् नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पु¥याएबापत पराजुलीलाई सम्मान दिने निर्णय गरिएको महासचिव मिजास तेम्बेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिअनुसार वि.सं. २०२८ साउन १३ गते भोजपुरको दिल्पा अन्नपूर्णमा जन्मिएका मुकारुङका तीन गीति एल्बम, एक गीतसङ्ग्रह, एक परिचयकोश, दुई लोककथा र एक संस्कृति सम्बन्धी पुस्तक प्रकाशित छन् । नेपाली गीतिविधा र संस्कृतिका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत मुकारुङलाई ‘प्रतिभा पुरस्कार’ दिने निर्णय गरिएको हो ।

सन् २००८ मा बेलायतमा स्थापित सो संस्थाबाट हालसम्म स्व. ईश्वर मानन्धर, स्व. अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम), भागीरथी श्रेष्ठ, बेणु आचार्य र दावा ग्याल्मो (दार्जि्लिङ) सम्मानित भइसकेका छन् ।

यसैगरी ‘प्रतिभा पुरस्कार’ बाट यसअघि नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फूलमान बल र बलराम अधिकारी पुरस्कृत भइसकेका छन् ।
संस्थाका मानार्थ सदस्य एवम् नेपाल संयोजक शशी लुमुम्बूका अनुसार सम्मान तथा पुरस्कार आगामी जनवरीको पहिलो साता राजधानीमा एक समारोहको आयोजना गरिने प्रदान गरिने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!