एनआरएनएको निर्वाचनमा आज मतदान हुॅदै, अध्यक्षमा पन्त र आचार्यको प्रतिस्पर्धा

SHARE:

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ४२ पदका लागि बुधबार निर्वाचन हुने भएको छ । निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेका अनुसार मनोनयन दर्ता बुधबार बिहान ८ बजे खुल्नेछ ।

मनोनयन दर्ता दिउँसो १२ बजेसम्म खुला रहनेछ । पाण्डेका अनुसार विभिन्न देशबाट २५ सय प्रतिनिधिको सहभागिता रहेको छ । ४२ पदमा मतदान हुनेछ । राति नै मतादाताको नामावली सार्वजनिक गरिएको छ । ‘बुधबार विद्युतीय मेसिनबाट मतदान हुनेछ,’ उनले भने, ‘मतदान हुन कति समय लाग्छ थाहा छैन तर मतदान सकिएको एक घण्टाभित्र नतिजा सार्वजनिक हुने छ ।’ चाबहिलस्थित होटल हायातमा मंगलबार बिहानैबाट मतदाताको भीड लागेको छ ।

अध्यक्ष पदमा उम्मेदवारका रूपमा हालका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य देखिएका छन् । दुवैजना मंगलबार दिनभर भोट माग्न व्यस्त देखिन्थे । अन्य सबैजसो पदमा निर्वाचन हुने सम्भावना छ । उमेदवारहरू भोट माग्न र एजेन्डा बताउन सक्रिय देखिन्थे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!