मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सीईओ र चिकित्सकसहित ५ पक्राउ

SHARE:

काठमाडौँ । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गरेको आरोपमा अस्पतालका सीईओ र एकजना चिकित्सकसहित ५ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोका अनुसार पक्राउ पर्नेमा अस्पतालका सीईओ बिपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमार भट्टराई, चिकित्सक डा. राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आले र मिर्गौला ग्रहण गर्ने बिरामी शंकरलाल लामा रहेका छन्। उनीहरुलाई मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धानका लागि हिरासतमा लिइएको ब्यूरोले बताएको छ। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाका अनुसार मिर्गौला ग्रहण गरेका बिरामी शंकरलाल लामाले नै काभ्रे स्थायी घर भएका एक व्यक्तिलाई नक्कली नाता लगाई मिर्गौला प्रत्यारोण गर्नका लागि कागजपत्र तयार पारेको देखिएको छ। यस्तै पीडितको खातामा तीन लाख रकम हालिएको समेत पुष्टि भएको छ।

‘हामीले अहिले प्रत्यरोपणका लागि स्विकृती प्रदान गर्ने समितिका पदाधिकारी र ग्रहण गर्ने व्यक्तिलाई मात्रै पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं। अरुको पनि संलग्नता देखिए सोही अनुसार प्रकृया अगाडि बढाउँछौं,’ उनले भने।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!