काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत बुधवार ७७ जनाले मनोनयन दर्ता गराएका छन् । १ जना अध्यक्षका लागि २ जनाले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन कमिटीका सदस्य कुलप्रसाद पाण्डेका अनुसार अध्यक्षमा कुमार पन्त र कुल आचार्यले मनोनयन दर्ता गराएका हुन्। त्यस्तै ४ उपाध्यक्षका लागि ९ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन कमिटीका सदस्य पाण्डेका अनुसार मनोनयन दर्ता सकिएर उम्मेदवारलाई नाम फिर्ताकालागि चार बजेसम्मको समय दिइएको थियो ।
४१ जना पदाधिकारीका लागि ७७ जनाले मनोनयन दर्ता गराएका छन्।






