यस्तो देखियो एनआरएनए चुनावको दृष्य [तस्बिरहरु]

SHARE:

[clear][clear][clear]

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति चयनका मतदान जारी छ । उच्च सुरक्षाबीच काठमाडौंको हायात होटलमा बिहीबार बिहान साढे १० बजेदेखि मतदान सुरु भएको हो । होटल परिसरमा मतदाताहरु लामो लाइन लागेको छ । बुधबार साँझ ८ बजे एकजना मतदाताले भोट हालेपछि भोटिङ मेसिनले काम नगरेको भन्दै स्थगित गरिएको थियो ।

निर्वाचन समिति सदस्य कुलप्रसाद पाण्डेले मतपत्रका आधारमा मतदान भइरहेको जानकारी दिए। मतदानस्थल परिसरमा निकै उत्साह छ । दिउँसो पानी परेर केहीबेर लाइन तितरबितर बनेको थियो ।

एनआरएनएको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको दोस्रो दिन बुधबार ४१ पदका लागि ७५ जनाले मनोनयन दर्ता गराएका हुन् । बिहान ८ बजेबाट मध्याह्न १२ बजे सम्मका लागि मनोनयन दर्ता खुला गरिएको थियो । मनोनयन दर्ता सकिएसँगै साँझ नै मतदान हुने तय गरिएको छ । अध्यक्ष पदमा कुमार पन्त र कुल आचार्यको अध्यक्ष पदमा उम्मेदवारी परेको छ । त्यस्तै चार जना उपाध्यक्षका लागि नौजनाले उम्मेदवारी दिएका छन् ।

 

 

 

 

 

तस्बिर : मिलन तमु

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!