जनताले दिएको विश्वासलाई डगमगाउन दिन हुँदैन : अध्यक्ष प्रचण्ड

SHARE:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले जनताले दिएको विश्वासलाई डगमगाउन नदिने गरी काम गर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा शुक्रबार यहाँ शुरु भएको प्रदेशस्तरीय स्थानीय निकायमा नेकपाबाट निर्वाचित पार्टीका जनप्रतिनिधिको विषेश प्रशिक्षण कार्यक्रमको उद्घाटनमा अध्यक्ष प्रचण्डले निर्वाचनका बेला जनतामाँझ गरिएको प्रतिबद्धताअनुसार काम नभएको जनगुनासो बढेकोले सचेत भएर काम निर्देशन दिए ।

“अहिले पाइएको जिम्मेवारी नेकपाका नेता कार्यकर्ताका लागि चुनौती सँगसँगै अवसर पनि छ, हामीले जनताको काम गरेनौँ भने समस्या हुन्छ, एक पटक सबैले आत्मसमीक्षा गर्नु जरुरी छ ।” आफ्नै कारणले कम्युनिष्ट सत्ताहरु ध्वस्त भएको उदाहरण दिँदै उनले भने, “यो रोग हामी कहाँ नआउला भन्न सकिँदैन ।”

चीनका राष्ट्रपतिको हालै भएको नेपाल भ्रमणको क्रममा चिनियाँ पक्षसँग सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई प्रभाव पार्ने गरी सुर्खेतदेखि हिल्सासम्मको सडकका विषयमा छलफल भएको उल्लेख गर्दै उनले भने, ‘‘सुदूरपश्चिमका पञ्चेश्वर, पश्चिमसेती, माथिल्लो कर्णाली परियोजनालाई अगाडि बढाउन पार्टीको हेड क्वाटरबाटै पहल हुनेछ ।”

नेकपाका सुदूरपश्चिम इन्चार्ज एवं पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले नेकपाले चुनावताका जारी गरेको घोषणापत्रको मर्म र प्रावधानलाई आत्मसात् गर्ने हो भन्ने रेलमार्गको स्थापना झापाबाट नभई पश्चिमको कञ्चनपुर, गड्डा चौकीबाट गर्नुपर्ने बताए । सो पार्टीका स्थायी समिति सदस्य लेखराज भट्टले अबको विकास र समृद्धिको यात्रा विकासका दृष्टिमा पछि परेको सुदूरपश्चिमबाट गर्नुपर्छ भन्नेमा नेतृत्व गम्भीर हुनुपर्ने बताए ।

नेकपा प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतमा भएको कार्यक्रममा कैलाली जिल्ला इन्चार्ज रुपा सोसी चौधरीसहितका नेताले जनताका आवश्यकतालाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!