प्रधानमन्त्री ओलीद्वारा एक्सन रुमबाट विभिन्न आयोजनाहरुको अनुगमन

SHARE:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यप्रगति पनि गौरवपूर्ण हुनपर्ने बताएका छन् । प्रधानमन्त्री कार्यलयको एक्सन रुमबाट बुधबार विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल,गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल,माथिल्लो तामाकोशी जलविद्युत आयोजना,भेरी बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजनाको सम्बन्धित परियोजना प्रमुखहरुबाट भिडियो कन्फरेन्स मार्फत कार्य प्रगतिको जानकारी लिनु भएको हो । यसैगरी प्रधानमन्त्री ओलीले रानी जमरा कुलरीया सिंचाइ आयोजना,सिक्टा सिंचाइ आयोजना र हुलाकी लोकमार्ग आयोजनाको कार्यप्रगतिको जानकारी लिएका हुन् । प्रधानमन्त्री ओलीले भिडियो कन्फरेनस मार्फत नै ति परियोजनामा विभिन्न ठाउँहरुमा भइरहेका निर्माण कार्यको पनि अवलोकन गरेका छन् ।

प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्री,सचिब र परियोजना प्रमुखहरुलाई समय मै काम सक्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले सरोकारवालाहरुलाई परियोजना स्थलको नियमित स्थलगत अवलोकन गर्न,सुक्ष्म रुपले अध्ययन गर्न,त्यहाँका समस्या सुन्न,सुझाव दिन र तत्काल समाधान गर्न पनि निर्देशन दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!