तमु आमाहरुलाई लाछाडोरी तालिम शुरु

SHARE:

हुम तमु

पोखरा । तमुधिं नेपाल केन्द्रीय आमा समितिले तमु आमाहरुलाई उद्यमशीलताको विकासका साथै सँस्कृति संरक्षणका लागि तीनदिने लाछाडोरी बनाउने तालिमको शुरु गरेको छ ।

पोखरा महानगरपालिका, वडा नं. ९ वडा कार्यालयको सहयोगमा मंगलवार एक कार्यक्रमको विच प्रमुख अतिथि वडाध्यक्ष रामराज लामिछानेले तालिमको उद्घाटन गरेका हुन् । कार्यक्रममा वडाध्यक्ष लामिछानेले मुख्य प्रशिक्षक आशकाशी तमु र प्रशिक्षक बिना तमुलाई तालिम सामग्री हस्तान्तरण गरेर तालिमको उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथि लामिछानेले वडामा रहेका तमु महिला, नेवा, खसआर्य, दलितको क्षमता अभिवृद्धि र उद्यमशीलताको विकास एवम जेष्ठ नागरिकको सम्मानका लागि वडा कार्यालयले सक्दो सहयोग गरिरेहेको बताए । उनले भने, लाछाडोरी तालिम केवल तालिमको लागि नभई उद्यमशीलता र सँस्कृति संरक्षणका लागि टेवा पुग्नेछ। वडा कार्यालयको सिमित श्रोतलाई वडाका जनताका पक्षमा अधिकतम परिचालन गर्न गराउनका लागि आफ्नो साथ रहने उनको भनाई थियो।

उद्घाटन समारोहमा गोर्खाली रेडियोकी स्टेशन मेनेजर खिमा तमुले शुभकामना व्यक्त गर्नुहुदै तालिमले उद्यमशीलताको विकास गराउने विश्वास व्यक्त गरे । तमु आमाहरु सिक्न र सिकाउन आफै जुट्नु नै पहिलो सफलताको भएको बताउँदै तीनदिने तालिमले आमाहरुमा स्वरोजगारको विकास गराउने उनको अपेक्षा थियो।

तमुधिं नेपाल केन्द्रीय आमा समितिकी कार्यवाहक अध्यक्ष पञ्चकुमारी तमुको अध्यक्षतामा भएको उद्घाटन समारोहमा तालिमकी संयोजक तथा आमा समितिकी महासचिव ऐनशोभा तमुले स्वागत मन्तव्य र सहसचिव बालकुमारी तमुले कार्यक्रम संचालन गरेका थिए ऽ तिनदिने तालिममा केन्द्रीय आमा समिति र क्षेत्रीय तमु समाज अन्र्तगतका आमा समितिका तर्फबाट ४० जना तमु आमाहरुको सहभागीता रहेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!