तिहार विशेष : पशुपक्षीलाई एक दिनको पूजा र माला !

SHARE:

s’s’/sf] :ofxf/
sf7df8f}F, * sflQs -/f;;_ M
;8saf6 p4f/ u/]/ sf7df8f}Fsf] a’9fgLns07l:yt kz’ :ofxf/ s]Gb|df /flvPsf 3fOt] / c;Qm s’s’/x?sf] cj:yf a’emb} ljgf kGt . t:jL/M gf/fo0f 9’ªufgf

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक (तिहार) शुरु भएको छ । तिहारका बेला काग, कुकुर, गोरु र गाईको धुमधामले पूजा गरी माला लगाएर मीठामीठा परिकार खुवाउने चलन छ । गाईगोरु नहुनेहरु जसको घरमा छ, उसैकोमा गएर पूजा गर्नेको लर्को नै लाग्छ । अघिपछि वास्ता नगर्ने सडकमा खोजीखोजी कुकुरलाई माला लगाउन तम्सन्छन् । माया गरेजस्तो गरी सेल्फी हानेर हतारहतार सामाजिक सञ्जालमा राख्छन् ।

“यो सब देखावटी नाटक झैँ लाग्छ, एक दिन पूज्ने, ३६४ दिन मतलब नगर्ने, यसरी पूजा गरी माला लगाएको के अर्थ ?” पशु अधिकारकर्मी बीना पन्त प्रतिप्रश्न गर्छिन् । शनिबारदेखि त्यही दिन देख्नुपर्ने छ भनेर पन्त आजैबाटै चिन्तित छन् । पशुपक्षीलाई बास्तवमा माया गर्नेले यसरी देखावटी गर्दैनन् ।

केही महीनाअघि नेपालगञ्जबाट दैलेखका लागि लगिएका तीन दर्जन गाईगोरु सुर्खेतको एक जङ्गलमा मृत अवस्थामा भेटिएको र कैयौँ घाइते देखिएको कारुणिक दृष्यले नै प्रष्ट हुन्छ पशुहरुको अवस्था नेपालमा कस्तो छ भनेर । सच्चा प्रेम गर्नेले हरेक दिन उनीहरुको संरक्षणमा चिन्तित हुनुपर्ने पन्तको भनाइ छ । ‘पशुपक्षीप्रति निर्दयीता रोकावट समाज’मार्फत बीना पन्तको समूहले अहिले पशुको संरक्षण अभियान चलाउँदै आएको छ । संस्कृतिविद् डा गोविन्द टण्डनको संरक्षकत्वमा तथा पशु अधिकारकर्मी विकेश श्रेष्ठको अध्यक्षतामा गठित समाजमा सम्झना आचार्य, शान्ता सुब्बा, रीमा कपाली, बीना पन्त, सञ्जिता खड्का, रीता सुब्बा, नेहा श्रेष्ठलगायतको समूह सक्रिय छन् । उनीहरुको संरक्षण केन्द्रमा अहिले पनि ८० वटा कुकुर छ । गाईबाच्छा पनि राखिएको छ ।

सडकमा गाडीले किचेर र रोगले ग्रस्त भएर छटपटाइरहेका पशुहरु यत्रतत्र छन् । यस्तो देख्दा पीडा लागेर आउँछ भन्छन् । पन्त । कुकुर त आफैँ सुँघेर पनि खानेकुरा खोज्न सक्छ । तर गाईगोरुको पीडा झन डरलाग्दो छ रहेको पशु संरक्षणकर्मीको भनाइ छ । पन्तका अनुसार गाईगोरु बाच्छाबाच्छी सडकमा हुँदा तिनीहरुलाई खाने कुरा हुन्न पौष्टिक खाएर बस्ने गरेका घाइते धेरै हुन्छन् ।

धेरै समय प्लाष्टिक खाएकाले तिनीहरु बाँच्ने सम्भावना कम हुने पशु चिकित्सकको भनाइ छ । पन्तका अनुसार पनि केही वर्षको अन्तरालमा उद्धार गरिएका धेरै गाईगोरु उपचारको प्रयास गर्दागर्दै मरेको छ । सडकमा प्लाष्टिक खाएकाले बचाउन नसकिएको उनको भनाइ छ । उनको समूहले सडकमा घाइते भएकाको उद्धार र संरक्षण गर्दै आएको छ । अलि राज्यको ध्यान पशुको क्षेत्रमा जाने हो भने समाधान हामीसँगै छ भन्छन् पन्त ।

उनीहरुको समूहले अहिले ८० कुकुर पालेका छन् । हिजोसम्म राम्रो देखिने गाईबाच्छा, कुकुर आज घाइते हुन्छन् । सबै रातिको समयमा गाडीले ठक्कर दिएको हुन्छ । पछिल्लो समयमा जनावरको अधिकारका बारेमा आवाज उठ्न थालेको छ । संरक्षण केन्द्र पनि बढ्दो क्रममा छ । उपत्यकाको विभिन्न क्षेत्रमा एनिमल नेपाल, स्नेहा केयर, काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टर नेपाल, श्री फाउण्डेसनलगायतले गाई, गोरु, कुकुर, बिरालो, गधालगायत जनावरको संरक्षण गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!