नुवाकोट । १८ वैशाख २०८३ । ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला एवम् ग्लान ङारदीम उद्घाटन कार्यक्रम भव्यतापूर्व सम्पन्न भएको छ ।
नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका-४ गोल्फु नाम्सापुरानमा शुक्रबार उक्त ऐतिहासिक कार्यक्रम सम्पन्न भएको हो । पूर्वमन्त्री एवं नेकपाका नेता हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झापादेखि, उदयपुर, सिन्धुली, सर्लाही, बारा, मकवानपुर, चितवन, गोरखा, नुवाकोट, धादिङ, लमजुङ, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोकसम्मका ग्लानहरुको उपस्थिति थियो ।
कार्यक्रममा अर्जुन ग्लानको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरिएको छ। सदस्यहरुमा ललित ग्लान, (मकवानपुर), सर्केस ग्लान (मकवानपुर), रक्षकबहादुर ग्लान (काठमाडौं), छिरिङ दोर्जे ग्लान (नुवाकोट), बच्चुराम ग्लान (तादी), ज्ञानबहादुर ग्लान (दुप्चेश्वर नुवाकोट), आनन्दी ग्लान (ककनी नुवाकोट), बिना ग्लान (ललितपुर), शर्मिला ग्लान (धादिङ) र करुणा ग्लान (सर्यगढी नुवाकोट) रहनु भएको छ।






