जुवाखालबाट ५ करोडसहित २५ जना पक्राउ

SHARE:

काठमाडौं । प्रहरीले काठमाडौंको महाराजगञ्जस्थित एक जुवाखालबाट नगद र चेकसहित ५ करोड बढी रकमसहित २५ जनालाई पक्राउ गरेको छ । महाराजगञ्जस्थित होटल साम्बालापछाडि रहेको विक्रम पौडेलको घरमा प्रहरीले छापा मारेको थियो । महानगरीय प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीका अनुसार, जुवाखालबाट २ करोड ६७ लाख नगद र ३ लाखको चेक बरामद भएको छ ।

पक्राउ परेका व्यक्तिहरूको नाम प्रहरीले खुलाएको छैन । स्रोतका अनुसार, पक्राउ पर्नेमा इन्द्र बानियाँ, ‘क्यासिनो किङ’ भनिने बलराम सापकोटा (बले), शोभित सिलवाल लगायत छन् ।

नेपालमा हिन्दू संस्कारअनुसार मनाइने तिहारको अवसरमा विभिन्न ठाउँमा जुवातास खेलिने गर्छ । जुवातास बन्द गराउन प्रहरी प्रशासन सक्रिय भएको भनिए पनि घर, गाउँ र सहरमा यस्ता गतिविधि जारी छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!