कपिलवस्तुमा प्रहरीको गोलीबाट भारतीयको मृत्यु

SHARE:

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय रहेको पुष्टि भएको छ । कर्फ्यु तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्यक्तिमाथि प्रहरीले चलाएको गोली लागेको थियो ।

त्यसरी गोली लागेर मृत्यु हुनेमा भारतको सिद्धार्थ नगर जिल्लाका बासिन्दा रहेको पुष्टि भएको छ । उनी वढ्नीसंग जोडिएको भारतीय भू–भागमा स्थायी घर भएका व्यक्ति भएको पुष्टि हुन आएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर जबराले बताए ।

कृष्णनगरमा भएको झडपमा थप उत्तेजित तुल्याउन उनीसहितको ठूलो समूह नेपाल भित्रिएको प्रहरीले आकलन गरेको छ । प्रदर्शनमा सहभागी धेरै नागरिक अनुहार नचिनिएका रहेको समेत स्थानीयवासीको भनाइ छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!