कांग्रेसले उपनिर्वाचनका लागिआइतबार उम्मेदवार टुंग्याउने

SHARE:

काठमाडौं । नेपाली कांग्रेसले यही पुस १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार १७ गते आइतबार टुंग्याउने भएको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले केन्द्रीय कार्यसमितिको बैठक बसेपछि पुनः पदाधिकारी बैठक बसेर उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको हो ।

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाएको छ । उक्त बैठकको छलफललाई सेमत आधार बनाएर १७ गते बस्ने पदाधिकारी बैठकबाट उम्मेदवार टुंग्याउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कास्कीमा एउटा प्रतिनिधिसभा, दाङ, बागलुङ र भक्तपुरको एक/एकवटा प्रदेश सभासहित अन्य केही ठाउँमा स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!