पत्रकार श्रेष्ठलाई विन्ध्यवासिनी गीत, संगीत पत्रकारिता सम्मान

SHARE:


काठमाडौं । पत्रकार दीपेन्द्र श्रेष्ठ ‘विन्ध्यवासिनी गीत संगीत पत्रकारिता सम्मान २०७६’ बाट सम्मानित भएका छन् ।

नेपाली गीत संगीतको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका श्रेष्ठको योगदानलाई कदर गर्दै सम्मान प्रदान गरिएको विन्ध्यावासिनी फाउन्डेशनकी अध्यक्ष लिना रेग्मीले बताइन् । उनलाई नगद १५ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको छ ।

शनिबार काठमाडौंमा विन्ध्यवासिनी म्युजिक तथा विन्ध्यवासिनी फाउन्डेशनको आयोजना रहेको विन्ध्यवासिनी म्युजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक तथा सम्मान कार्यक्रममा पत्रकार श्रेष्ठलाई सम्मानित गरिएको हो । पत्रकार श्रेष्ठ रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष छन् ।

कार्यक्रममा वरिष्ठ गायक दीपक खरेललाई ५० हजार एक रुपैयाँसहित विन्ध्यवासिनी संगीत साधना सम्मान २०७६ र संगीतकार तथा गायक हरि लम्साललाई २५ हजार रुपैयाँसहित विन्ध्यवासिनी संगीत रत्न सम्मान २०७६ बाट सम्मानित गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!