एटा संवाददाता
लन्डन । नेपालीहरुको घनाबस्ती रहेको विश्वास गरिएको सैनिकबस्तीको रुपमा परिचित अल्डरसटस्थित मिमुसा रेस्टुरेन्टले फुड टेस्ट गराएको छ । गत मंगलबार २२ अक्टोबरका दिन अल्डरसटस्थित रेस्टुरेन्टमा फुड टेस्ट गराएको हो । चाईनिज एण्ड कन्टिनेन्टल खानाले परिचित मिमुसाले आप्mनो सेवाविस्तार गर्ने क्रममा फुड टेस्ट गराएको हो ।
विवाह, ब्रतबन्ध, भातखुलाई, भेटघाट लगायत कार्यक्रममा स्तरीय खानाको क्याटरिङ्ग सेवासमेत सुरुआत गरेको मिमुसाले रस्मोर भोलिन्टरी सर्भिसका हिलर, ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राई, उपाध्यक्ष मान गुरुङ, महिला उपाध्यक्ष माया केसी डंगोल, पूर्वअध्यक्ष रोहित गुरुङ, ओम थापा, सल्लाहकार क्या.रि. ग्यारी घले, मेजर खिम गौचन, क्या.रि. बिरबहादुर थापा, सदस्य मेग गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ यूके अध्यक्ष जंग सुनुवार, मगर संघ यूके अध्यक्ष ले.रि. सुनिल राना लगायत कम्युनिटी लिडरहरुको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले खाना एकदमै स्वादिष्ट रहेको र आफूहरुले सिफारिस गर्ने विश्वास व्यक्त गरे । उनीहरुले विभिन्न प्रकारका चाईनिज, नेपाली र ईन्डियन खाना पाइने भएकाले पनि मिमुसा रेस्टुरेन्टजस्तै क्याटरिङ्गमा समेत ग्राहकहरुको मन जित्न सक्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मिमुसाका प्रबन्धक दिल नेपालीले आफूहरुले रेस्टुरेन्ट सँगसँगै क्याटरिङ्ग सेवासमेत दिन लागेको बताउँदै कुनै पनि आउटडोर तथा इनडोर कार्यक्रमका लागि आफूहरुलाई सम्झन अनुरोध गरे । उनले स्तरीय खाना र गुणस्तरीय सेवाका लागि आफूहरु तयार रहेको बताउँदै परिकार चाख्न अनुरोध गरे ।
सो अवसरमा मिमुसाका सञ्चालक जित ग्रेवाल लगायतको समेत उपस्थिति रहेको थियो । मिमुसाले दिने विभिन्न सेवाहरुको बारे जानकारी लिनका लागि मिमुसाका प्रबन्धक दिल नेपालीलाई सिधै ०७४५३३१९९२६ मा सम्पर्क गर्नसमेत अनुरोध गरेका छन् ।












