पुन मगर समाज युकेको भूमेपुजा सम्पन्न अध्यक्ष तुल चन्द्र तिलिजा पुन मगरले दिए धन्यवाद

SHARE:

लण्डन। पुन मगर समाज यूकेको आयोजनामा सम्पन्न भएको भूमे पूजा २०२६ भव्य, सभ्य र ऐतिहासिक रूपमा पूर्ण सफल भएको छ। भुमेपूजा बेलायतको सनिवार २७ जुन २०२६ को दिन फानबोरोस्थित कोडी बोमन सपोर्ट क्लबमा विधिवत पुजा गरेर सम्पन्न भएको थियो।

उक्त भुमेपूजामा बेलायतमा स्थापित बिभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको थियो।कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, श्रम, समय, आर्थिक योगदान र उपस्थिति जनाउने सम्पूर्ण महानुभावहरूप्रति समाजका अध्यक्ष तुलचन्द्र तिलिजाले हृदयदेखि नै हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा मगर संघ यूकेका अध्यक्ष श्री लाल बहादुर पुनज्यूको गरिमामय उपस्थिति रहेको थियो। साथै विभिन्न स्थानबाट लामो र कष्टकर यात्रा तय गरी कार्यक्रममा सहभागी हुन आउनुभएका सम्पूर्ण विशिष्ट अतिथि, आमन्त्रित पाहुनाहरू, बाबा–आमा, दाजुभाइ, दिदीबहिनी, भान्जा–भान्जी तथा छोरा–छोरीहरूको बाक्लो उपस्थितिले कार्यक्रमको गरिमा जनाएका छन्।

विशेष गरी, यो ऐतिहासिक कार्यक्रमलाई सफल बनाउन महिनौँदेखि निरन्तर मेहनत, योजना र तयारीमा जुट्नुहुने पुन मगर समाज यूकेको पाँचौँ कार्यसमितिका सम्पूर्ण पदाधिकारीज्यूहरू, प्रमुख सल्लाहकार तथा सल्लाहकारज्यूहरूको भूमिका सराहनीय रहेको बताएका छन्।

अध्यक्ष तिलिजा पुन मगरले कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न विभाग र जिम्मेवारीमा अहोरात्र खटिएका महानुभावहरूलाई समाजका तर्फबाट विशेष धन्यवाद ज्ञापन गरिएको छ।

पूजा तथा प्रसाद व्यवस्थापन: पूजा सामग्री व्यवस्थापनमा अथक रूपमा खटिनुहुने बिल पुर्जाज्यू, पुजारी गणेश बुराथोकीज्यू, खिम पुनज्यू तथा महिनौँदेखि प्रसादका लागि जाँड तयारी गर्ने कार्यमा सहयोग गर्नुहुने श्रीमती मिनकुमारी पुर्जाज्यू, फूलपाती व्यवस्थापन गर्ने सबिता खोर्जाज्यू र श्रीमती भक्त रोकाज्यू प्रति आभार प्रकट गरिएको छ।

खाद्य तथा पेय पदार्थ: अत्यधिक गर्मीका बाबजुद पनि सेलरोटी बनाई सहयोग गर्नुहुने श्रीमती बिमला गर्बुजाज्यू, कोषाध्यक्ष गङ्ग खोर्जाज्यू, श्रीमती बालिका तिलिजाज्यू, जाँड वितरणमा सहयोग गर्नुहुने लक्ष्मी गर्बुजाज्यू तथा आफ्नै भ्यान चलाएर पेय पदार्थ खरिद र ओसारपसारमा सहयोग गर्नुहुने केन्द्रीय सदस्य अमृत गर्बुजाज्यू र पेय पदार्थ बिक्री व्यवस्थापनमा खटिनुहुने तीर्थ गर्बुजाज्यू एवं सहयोगी छोरीहरूलाई धन्यवाद दिइएको छ।

आर्थिक, गेट तथा हल व्यवस्थापन: दिनभर टिकट व्यवस्थापनमा खटिनुहुने कोषाध्यक्ष गङ्ग खोर्जाज्यू, सह-कोषाध्यक्ष मेक तिलिजाज्यू, खाना व्यवस्थापनमा टिकट चेक गर्नुहुने उपाध्यक्ष चन्द्र राम मगरज्यू, स्वागत गेट निर्माण र लिङ्गो काट्ने कार्यको नेतृत्व गर्नुहुने केन्द्रीय सदस्य रन पाइजा र अन्य सदस्यहरू, तथा अघिल्लो दिनदेखि नै हल तयारीमा खटिने सदस्यहरू र रेल स्टेशनबाट पाहुना ल्याउने चित्रप्रकाश गर्बुजाज्यूको योगदान महत्त्वपूर्ण रहेको बताएका छन्।

अतिथिहरूको स्वागत, सत्कार तथा आतिथ्यमा जिम्मेवारी पाएका उपाध्यक्ष छबीमाया पुनज्यू, मैना पुर्जाज्यू, सरिता पुनज्यू तथा पूर्णकुमारी पुनज्यू सक्रियताका साथ खटिनुभएको रहेको बताए।

दुर्गा पुर्जाज्यूद्वारा रचित र प्रमुख सल्लाहकार बिल पुर्जाज्यूद्वारा निर्माण/संयोजन गरिएको स्वागत गीतमा आकर्षक नृत्य प्रस्तुत गर्ने कलाकार नानीहरू, धौलागिरि नौमती बाजा टिम, पुर्ख्यौली नृत्य टोली, डिजे नन्द पुन, सांस्कृतिक सचिव खिम पुन, र प्रस्तुति दिने कलाकारहरू गोविन्द पुन, ललिता पुन, निरुता पुन, सरिस्मा राम्जाली र धौलागिरि नौमती वाजाप्रति धन्यवाद व्यक्त गरिएको छ। अत्यधिक गर्मीका बाबजुद दिनभर कार्यक्रम कुशलतापूर्वक सञ्चालन गर्ने महासचिव धनबहादुर पुर्जाज्यूको भूमिका विशेष रहेको बताएका छन्।

सहभागीहरूका लागि मिष्ठान भोजन प्रायोजन गर्नुहुने काठमाडौँ किचन र कुर्सी उपलब्ध गराउनुहुने राजेन्द्र रानाज्यू लगायत सम्पूर्ण आर्थिक तथा भौतिक सहयोग गर्ने प्रायोजकहरू प्रति आभार प्रकट गरेका छन्।

अध्यक्ष तुलचन्द्र तिलिजाले धन्यवाद दिन कुनै महानुभावहरूको नाम छुट्न गएको भए, कृपया यसैलाई सामूहिक धन्यवादका रूपमा स्वीकार गरिदिनुहुन विनम्र अनुरोध गरेका छन् भने भूमेपुजामा शिक्षा क्षेत्रमा योग्यता हासिल गरेका, समाजमा उदारणीय कार्य गरेका र कलाकारहरुलाई सम्मान गरेका छन्।

अन्त्यमा, कार्यक्रम सञ्चालनका क्रममा जानाजान वा अन्जानमा कुनै कमी-कमजोरी, त्रुटि वा असुविधा भएको भए समाजका तर्फबाट क्षमाप्रार्थी रहँदै आगामी दिनहरूमा पनि यस्तै माया, साथ, सहयोग, सद्भाव र एकताको निरन्तर अपेक्षा राखिएको कुरा अध्यक्ष तिलिजाले समाचारको अन्त्यमा उल्लेख गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!