उपसभामुख तुम्बाहाम्फे भन्छिन्, ‘सभामुख हुन सक्षम छु’

SHARE:

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख पदको जिम्मेवारी सम्हाल्न आफू योग्य र सक्षम रहेको बताएकी छन् ।

हुम्लामा संविधान कार्यान्वयनसम्बन्धी स्थानीय तहका जनप्रतिनिधिलाई तालीम दिएर काठमाडौँ फर्किने क्रममा शनिबार बाँकेको नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “प्रतिनिधिसभाका सबै माननीयको सभामुखमा दाबी गर्ने हैसियत छ । सबै सक्षम हुनुहुन्छ, हाम्रो संसदीय अभ्यासमा उपसभामुखमा कार्यरत व्यक्तिले सभामुख भएर चलाएको इतिहास पनि हामीसँग छ ।” उनले सभामुख भएर काम गर्न र क्षमताको आधारमा अगाडि बढ्न तयार रहेको उल्लेख गरिन् ।

संविधानमा सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको प्रतिनिधित्वको कुरा उल्लेख भएकाले अब सत्तापक्षले सभामुख पद लिने कुरा भयो भने संविधानले जे भनेको छ त्यो कार्यान्वयन गर्न उपसभामुख पद अरू कुनै दललाई छोडिदिनुपर्ने उनको भनाइ थियो ।

रिक्त रहेको सभामुख पदलाई पूर्णता दिन प्रधानमन्त्रीसँग छलफल गरिरहेको जानकारी दिँदै उनले मङ्सिरको तेस्रो सातातिर सभामुख पदले पूर्णता पाउने उपसभामुख तुम्बाहाम्फेले बताइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!