कांग्रेसको अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन

SHARE:

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरेको छ ।

मंसिर १४ गते हुने उपनिर्वाचत स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि भन्दै कांग्रेसले समिति बनाएको हो । समिति सदस्यमा केन्द्रीय सदस्य सीता गुरुङ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय निर्वाचचन समितिका सदस्य सीताराम केसी, अधिवक्ता तेज रावल र सदस्य सचिवमा अधिवक्ता केशव रिजाल छन् ।

समितिले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना तथा प्रभावकारी कार्यान्वयन भएको वा नभएको र उपनिर्वाचन सुरक्षा व्यवस्थाबारे अनुगमन गर्नेछ ।

त्यस्तै उपनिर्वाचनको सुरक्षा व्यवस्थापन हेरी निर्वाचन आयोग र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, पार्टीको उम्मेदवार र सदस्यहरुलाई चुनाव प्रचारमा परिचालन गर्ने, मतदातालाई मतदान गर्न प्रेरित गर्ने, स्वतन्त्र मतदान र मतगणना व्यवस्थित गर्ने लगायतको काम गर्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!