यसरी गरे सेनाका प्युठ भण्डारीले करेन्टले जलिरहेका इलेक्ट्रिसियनको उद्धार [भिडियोसहित]

SHARE:

काठमाडौं । नेपाली सेनाको गोरखबहदुर गण नारायणहीटी राजदबारमा कार्यरत प्युठ मछिन्द्र भण्डारीले ठूलो जोखिमका बाबजुद करेन्ट लागी जलिरहेका एक इलेक्ट्रिसियनको उद्धार गरी ज्यान बचाइदिएका छन् ।

शुक्रबार दिउँसो प्यूठ भण्डारीको डेरा बानियाॅटारको एक नयाँ घरको शौचालयमा वाइरिङ गर्नेक्रममा करेन्ट लागेका लमजुङका देवराज अधिकारीको उद्धार गराइएको हो । नुवाकोट पञ्चकन्या गाउँपालिका ३ घलेभन्ज्याङका स्थायी बासिन्दा भण्डारीले उद्धार गरिएका अधिकारी अहिले खतरामुक्त छन् । उनको उपचार शिक्षण अस्पताल महाराजगन्जमा भइरहेको छ । अधिकारीको शरीरका अधिकांश भाग डढेको छ ।

मध्य नेपाल नगरपालिका सूर्यपाल लामाचौर लमजुङका अधिकारी हाल म्हेपी बस्दै आएका छन् ।

भण्डारीले यसरी गरेका थिए देवराजको उद्धार

म मिति २०७६/०७/२२ गते शुक्रबार दिउँसो ३ बजे म्हेपीमा रहेको डेरामा गएको थिएँ । ररुममा पुगेको केही समयपछि एक्कासी बम पड्केजस्तरी ठूलो आवाज सुनेँ । कसलाई के भयो होला भनी हतारले बाहिर निस्किएँ । मेरै डेरा छेउकै घरमा मान्छे चिच्याएको सुने। हत्त न पत्त केही सेकेन्डमै घटनास्थल पुगेँ । म घटना भएको घरको दैलो पुग्नासाथ ४ तलाबाट मान्छे आत्तिएर कराउँदै तल झरे ।

मैले कसलाई के भयो ? आवाज कहाँबाट आयो ? भनी बुझेँ। एक जना इलेक्टिसियन काम गर्ने मान्छे माथि करेन्ट लागेर जलिरहेको भन्ने खबर पाउनासाथ माथि गएँ । उनीहरुले मरिसकेको भने पनि मैले घाइते अवस्थामा देखेपछि बचाउँछु बचाइहाल्नुपर्छ भनी माथि गएँ । शौचालयमा एक जना मान्छे शरीरभरी तार बेरिएको र पुरै शरीरमा आगो दन्किरहेको दृश्य देखेँ । अरुले नजानुस् है नजानुस् भन्दाभन्दै म भने हतार-हतार बिजुलीको तार कताबाट जोडिएको रहेछ भनी एकीन गर्नतिर लागेँ । त्यस बेला पानी भेटाई घाइतेमाथि खन्याएदिएँ । आगो अझै निभेन । निर्माणाधीन घर भएकले नजिकै रहेको बालुवाको प्रयोग गरी ती व्यक्तिको शरीरको आगो निभाउन सफल भएँ ।

र, तल सडकमा झरेर एम्बुलेन्स ! एम्बुलेन्स !! भनी कराएँ । एक जना मान्छे करेन्ट लागि जलिरहेको छ उहाँलाई बचाउन सकिन्छ तपाईहरु एम्बुलेन्स बोलाउनु, म घाईतेलाई तल ल्याउँछु भनें । घटना दर्दनाक भएकोले मैले हेल्प मी हेल्पमी भनी कराएँ पनि । फेरि तुरुन्त घाइते भएको ठाउँमा गएँ । उक्त घातेको शरीर र अनुहारमा धेरै तार बेरिएका थिए । दायाँबायाँ चारैतर्फ फेरि करेन्टको तार चेक गरेँ। घाइते छट्पटाएको हेर्न नसक्न् अवस्थामा थियो ।

पछि घाइतेलाई त्यही अवस्थामा राख्दा झन् मृत्युसमेत हुन सक्ने तत्कालको सोचपछि आफ्नो ज्यानको बाजी नाङ्गो हातले घाइतेको शरीरमाथि करेन्ट चेक गर्न बाध्य भएँ । र, करेन्ट प्रवाह नभएको पाएपछि टवाइलेटबाट घाइतेलाई बाहिर निकाल्ने । घाइते अधिकारीको कपडा प्राय: जलिसकेका थिए भने जिउ समाए छाला खुइलिने अवस्थामा पुगिसकेको थियो । पछि केही स्थानीय र केही व्यक्तिको सहयोग लिइ तल रोडसम्म ल्याई घाइतेको शरीरमा बेरिएर डढेको तार पन्छाएँ भने जलेका टुक्रा कपडाले शरीरका केही भाग छोप्दै ट्याक्सीमार्फत हस्पीटल पठाएँ । पछि घाइतेको अवस्था बुझ्न पनि म टिचिङ हस्पीटल गएँ । उहाँको अवस्था सुधार हुँदै छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!