बिनासमझदारी डा केसीले छाडे अनशन

SHARE:

डडेलधुरा । ९ दिनदेखि डडेलधुरामा अनशरत डा. गोविन्द केसीले अनशन तोडेका छन् । पछिल्लो समय देशमा उत्पन्न परिस्थितिका कारण केही दिनका लागि अनशन स्थगित गरेको उनले बताएका छन् ।

‘सिमा मिचिएको विद्यमान अवस्थालाइ हृदयगंम गरि तत्कालका लागि सत्याग्रह स्थगन गरेका छौं’ डा गोविन्द केसीले सञ्चारमाध्यसँग कुरा गर्दै भने, ‘राष्ट्रियताका विषयमा देशभरी आवाज उठिरहेको विषयलाइ हृदयगंम गरि सत्याग्रह स्थगन गरेको हुँ’। अनशन स्थगन गरेपछि डा केसीले जारी गरेको प्रेस वक्तव्यमा सीमा रक्षाका सवालमा राजनीतिक शक्तिहरुले देखाएको तदारुकता देखावटी मात्र नभएर कुटनीतिक माध्यमबाट समस्याको समाधानतर्फ लाग्न आग्रह गरिएको छ ।

चिकित्सा शिक्षा ऐन संशोधनसहितका सातबुँदे माग अघि सारेर डा. गोविन्द केसीले कात्तिक १७ गते डडेलधुरामा अनशन बस्न गएकाथिए । १५ औं अनशनका क्रममा ०७५ साउन १० मा सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै उनले पटकपटक सत्याग्रहसहितको आन्दोलन थाल्ने चेतावनी दिँदै आएका थिए। इलाममा बसेको १६ औं अनशन बीचमै तोडेका उनका धेरैजसो माग त्यति बेलाकै छन्।

१७ औं अनसनको नवौं दिनमा डा. गोविन्द केसीले अनशन तोडेका हुन्। मंगलबार बिहान उनले थप उपचार गर्न अस्वीकार गरेका थिए। अनशनको नवौं दिनमा आइपुग्दा डा. केसीको स्वास्थ्य अवस्थामा अत्यन्तै नाजुक भएको उनको रेखदखमा संलग्न डा. तोसिमा कार्कीले बताइन्। सोमबार डा. केसीलाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा लानका लागि आएको सेनाको हेलिकोप्टर रित्तै फर्किएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!