बिजिडब्लुएस रिमेम्बरेन्स सन्डे परेड लन्डनमा सहभागिता

SHARE:

प्रकाश गुरुङ
लन्डन । ब्रिटिस गोर्खा वेलफेयर सोसाईटी (बिजिडब्लुएस)ले सदाझंै यस वर्ष पनि रिमेम्ब्रेन्स सन्डे सिनोताप परेडमा भाग लिएर लडाइँमा दिवंगत भएका सेनाहरूको स्मरण गरे । सन् २००३ मा संस्था स्थापनादेखि नै निरन्तररुपमा गोर्खाहरुको तर्फबाट प्रत्येक साल सहभागिता जनाउँदै आइरहेको छ । हजारौं भेट्रेनहरु, राजपरिवारका सदस्यहरु, राजनीतिज्ञहरु, कमनवेल्थ देशका प्रतिनिधिहरु, धार्मिक गुरुहरुकका साथै करिब ८०० जना बाहलवाला सेनाको उपस्थिति रहने कार्यक्रमलाई धेरै महत्वपूर्ण दिनको रुपमा हेरिन्छ ।

बिजिडब्लुएसका सदस्यहरु बिहान ७ बजेदेखि नै गोर्खा भवन फार्नबोरोमा परेडका लागि जम्मा हुन थाले । ठीक साँढे ७ बजे कोचमा चढेर लन्डन हिडियो । एवं प्रकारले अरु ठाउँबाट पनि सदस्यहरू लन्डन आए । नौ बजे होर्स गार्डस् परेड ग्राउन्डमा जम्मा भयो । यस पटक फर्मेसनका लागि डि ३५ कलुममा परेको थियो । चिया कफी बिस्कुटको स्वाद लिँदै केही गफ र अधिकतम फोटो लिनेक्रमपश्चात् दस बजेपछि सिनोतापतर्फ मुख्य परेडका लागि मार्च भयो । करिब एक घण्टा ह्याईट हल पार्लियामेन्ट स्ट्रिटमा पर्खिएर बसे । ठीक ११ बजे बिगबेनको घन्टी बजेपछि सबैजना दुई मिनेट शान्त भएर चीरशान्तिको कामना गरे ।

बिएफ अफ लन्डन डेमसरह मुल्लालेबाट केही वचनहरु सुने । महारानीको तर्फबाट अधिराजकुमार चाल्सले रिथ चढाए । छोराहरु विलियम र ह्यारीले पनि रिथ चढाए । महारानी ईलिजाबेथ द्वितीया ठूलो बुहारी र ठुलो नाति बुहारीसँगै बाल्कुनीबाट कार्यक्रम अवलोकन गर्दै थिइन् । प्रधानमन्त्री बोरिस जोन्सन, लेबर पार्टीका नेता जेरमी कोर्बिन र लिबडेमका नेता जो स्विनसनले रिथ चढाए । भूपू प्रधानमन्त्रीहरु टेरेसा मे, डेबिट क्यामरुन, गोर्डन ब्राउन, टोनी ब्लेयर, सर जोन मेजर ले रिथ चढाए । त्यसैगरी कमनवेल्थ राष्ट्रका प्रतिनिधिहरु, ट्राइसर्भिसका प्रमुखहरु पालैपालो रिथ चढायो । ब्रिटेन नेपालबीच २०० वर्षको इतिहासमा पहिलोपटक बेलायतका लागि नेपाली राजदूतले रिथ चढाउने सौभाग्य मिल्यो । विशेष व्यक्तिहरुको रिथ चढाउनेक्रम सकिएपछि मार्च पास सुरु भयो ।

संस्थाका लागि परेड कमान्डर डब्लुओटु टेकबहादुर थापाले लिड गर्दै सिनोताममा पुग्दा आइज राइट गरे र अध्यक्ष मेजर टिकेन्द्रºदल देवान जेपीले रिथ चढाए । गोर्खाहरुको मार्चिङ हुँदा सडकका दायाँबायाँ उपस्थित पब्लिकबाट पाएको तालीको गडगडाहट सुन्दा गर्ब गर्न सकिन्थो । पार्लियमेन्ट स्ट्रिट हुँदै, किङ्स चाल्स स्ट्रिट पुगे र पुनः होर्स गार्डस परेड ग्राउन्डमा आएर पहिलो कार्यक्रम सकियो । बिजिडब्लुएस ब्याक पाइपको मीठो धुनसँगै दोस्रो कार्यक्रमका लागि गोर्खा स्मारकतर्फ लागे ।

संस्थाको आफ्नै काइदानुसार स्मारकमा अध्यक्षबाट रिथ चढाउने र एक मिनेट शान्त रहने कार्य भयो । देवानले उपस्थित सबैलाई धन्यवाद दिँदै गोर्खा नामलाई जोगाईराख्ने कर्तब्य हाम्रै हो । सालको एक दिन पुर्खाहरु जसले ज्यानको बाजी लगाएर इतिहास बनाइदिएको छ । हामीहरुले उहाँहरुलाई सम्झिएन भने अन्याय हुनेछ भने ।

गोर्खा स्मारक अगाडि ग्रुप फोटो लिएपछि आ–आफ्नो गन्तब्य तिर लागियो । तर फार्नबोरो अल्डरसट क्षेत्रका सदस्यहरुका लागि गोर्खालीको प्रख्यात खाना मेसिङको बन्दोबस्त बीर बलालले गरेका थिए । जाडोमा तातो मिठो मेसिङ खाएर बिदा भए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!