दरबारमार्गको होटलमा सामूहिक बलात्कार काण्ड : मुख्य दोषी शैलेश कार्कीलाई ५ वर्ष २ महिना कैद सजाय

SHARE:

काठमाडौँ । दरबारमार्गस्थित एक होटलमा भएको सामुहिक बलत्कारको घटनाको मुख्य दोषी शैलेश कार्कीलाई जिल्ला अदालत काठमाडौंले ५ वर्ष २ महिना कैद सजाय सुनाएको छ । अदालतले सोही घटनामा संग्लन विकास गौतम र दिपक श्रेष्ठलाई १४ महिना कैद सजाय सुनाएको छ । कमल प्रसाद पोखरेलको इजलासले कार्तिक २१ गते उनीहरुलाई सजाय हुने ठहर गरेको हो ।

२०७४ माघमा दरबारमार्गस्थित एक होटलमा भएको सामुहिक बलत्कारको घटना प्रहरी मिलेमतोमा गुपचुप पारिएको थियो। राजनीतिक प्रभाव र आर्थिक प्रलोभनमा पारेर गुपचुप पारिएको यो घटनाबारे पछि विभिन्न मिडियाबाट सतहमा आएको थियो । लगत्तै प्रहरी परिसर काठमाडौंले घटनामा संग्लन प्रहरीका अनुसन्धान अधिकारीहरुमाथी छानविन प्रक्रिया अगाडी बढाएको थियो।

प्रहरीले घटनालाई गुपचुप मिलाउन पीडित परिवार र घटना दबाउन संग्लन प्रहरीलाई समेत पैसा दिने गरी कागजात तयार पार्न तीन लाख रुपैया खर्चिएको तथ्य समेत पत्ता लगाएको थियो ।

आर्थिक लेनदेनमा घटना मिलाउन दरबारमार्ग वृत्तका मुद्दा शाखाकानिरिक्षक लक्ष्मण सिंह ठकुरीले पीडित युवती, उसका बाबु आमा, युवतीको प्रेमी शैलेश कार्की र उसका बाबुआमा राखेर लिखित कागज नै बनाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!