बौरिँदैछ वीर अस्पताल

SHARE:

एकराज पाठक
काठमाडौं । गत बिहीबार साँझ ८ बजे वीर अस्पतालमा सीताराम कट्टेल ‘धुर्मुस’लाई कामको धम्मरधुस थियो । सघाउँदै थिइन् कुन्जना घिमिरे, ‘सुन्तली’ । ‘यहाँ कुनै हास्य ‘टेलिसिरियल’ छायांकन हुँदैछ कि क्या हो ?’ अस्पताल पुगेका सर्वसाधारण आपसमा लख काट्दै थिए ।

अर्काथरिको अनुमान थियो, “होइन, यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउन लागेका होलान् ।” शुक्रबारै प्रधानमन्त्री मोदी काठमाडौं आउँदै थिए र उनको स्वागतका लागि पनि काठमाडौंमा व्यापक सरसफाइ भइरहेको थियो ।

वीर अस्पतालको चौथो तलाको भित्तामा रङ लगाइरहेका धुर्मुसको देब्रेपट्टि शिशा पुछिरहेका थिए खेम शर्मा । शर्मालाई देखेपछि भने सबैको जिज्ञासा मेटियो, “ए यहाँ त सरसफाइ पो भइरहेको रछ ।” बिरामी भेट्न आएका एक जनाले भने, “त्यही त अस्पतालको ‘लिफ्ट’ आज किन यति सफा देखियो भन्ने त मलाई शुरुमै लागेको थियो ।”

अहिले रङरोगन गर्न धुर्मुस तथा अरु मर्मतसम्भार र सरसफाइ गरी अन्य संरचना टल्काउने काममा शर्मा आफैँ लागेका छन् । बिहान, दिउँसो र राति गरी तीन ‘सिफ्ट’ मा काम भइरहेको छ, प्रायः रातिको सिफ्टमा उनीहरु आफैं खट्छन् । उनीहरुका साथ करीब १०० मजदूर कार्यरत छन् । सरसफाइमा ३० र रङरोगनमा ७० कामदार खटेका छन् ।
स्वास्थ्य मन्त्रालयको अगुवाइमा गत आइतबारदेखि शुरु भएको वीर अस्पताल सरसफाइको नेतृत्व नेपालमा सफाइका क्षेत्रमा कार्यरत खेम्स क्लिनिङका अध्यक्ष एवम् वाग्मती सफाइ अभियानकर्मी खेम शर्मा र नेपाल सरकारद्धारा सरसफाइदूत घोषित कलाकार धुर्मुसले गरेका छन् । अभियानका अन्य सहयोगी मा वाग्मती सफाइका अर्का अभियानकर्ता अर्जुन धरेल र टंक आचार्य हुन् ।

राज्यमन्त्री पदमा अर्यालसँगै शर्मा र धुर्मुसले गत आइतबार वीर अस्पतालको चर्पी सफाइ गरेर अभियानको शुरुआत गरिएको हो । अहिले अस्पतालको विशेषगरी चौथो तलामा काम भएको छ । भूइँतलाको भूइँ टल्किएको छ, चर्पीहरु प्रायः सबै सफा भएका छन् भने भित्तामा रङरोगन गरिँदैछ । लिफ्ट, झ्याल र अरु संरचना टल्काउन खेम्स क्लिनिङका दक्ष जनशक्तिले काम गरिरहेका छन् ।

राज्मन्त्री अर्यालले सो अभियानको शुरुआत गर्दै भने, “हामीले यो सफाइलाई अभियानकै रुपमा काठमाडौंको मुटुमा रहेको र आम नेपालीको चासो रहेको वीर अस्पतालबाट शुरु गरेका छौँ र यसलाई नेपालका सबै सरकारी अस्पतालमा पु¥याउने हाम्रो योजना छ ।”

वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेत भन्छन्, “ पन्ध्र दिनमा अस्पतालको सफाइ गरी नमूना बनाउने प्रणका साथ उहाँहरुले काम शुरु गर्नुभएको छ, विभिन्न सिफ्ट बनाएर दिनमा १८ घण्टासम्म काम गरिरहनुभएको छ, मलाई लाग्छ यसले वीर अस्पतालको अहिलेको अवस्थामा ठूलो सुधार ल्याउने छ । म यस कार्यबाट अत्यन्तै खुशी छु ।”

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, सफा नेपाल उपसमितिका संयोजकसमेत रहेका शर्मा वीर अस्पताल अहिले प्रायः निम्नवर्गीय नेपाली नागरिकको आस्था र भरोसाको केन्द्र भएकाले यसको सफाइ गरी सबै नेपालीले उपचार गराउने अस्पतालका रुपमा विकास गर्ने प्रयासमा आफूहरु जुटेको बताउँछन् ।

अष्ट्रेलियामा एक दशकदेखि सफाइ कार्यमा सफलता कमाएको सो कम्पनीले एक वर्षदेखि नेपालमा काम गरिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति क्षेत्रलगायतमा सफाइ गरी ती कार्यालयका सफाइ मजदूरलाई सीप हस्तान्तरण गर्ने काम सो कम्पनीले गरेको छ । गैरआवासीय नेपाली संघमा समेत सफाइ उपसमितिको संयोजकका रुपमा रहेर शर्माले नेपालमा सफाइका क्षेत्रमा नेपालीले नै विदेशमा सिकेको सीप र ज्ञान भित्र्याउन संस्थागत रुपमा काम गर्न लागेको बताउँछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!