मन्त्र ब्याण्डले नेपाली ओपन कन्सर्टको लागि बेलायत आउने प्रवेशाज्ञा (भिसा) प्राप्त

SHARE:

लण्डन। मगर संघ युकेले आगामी २५ जुलाई २०२६ शनिबारका दिन ‘नेपाली ओपन कन्सर्ट २०२६’ (Music for Unity) आयोजना गर्ने भएको छ। यस वर्षको मुख्य आकर्षणका रूपमा नेपालको चर्चित तथा लोकप्रिय ‘मन्त्र ब्याण्ड’ को बेजोड सांगीतिक प्रस्तुति रहने निश्चित भएको छ। कन्सर्टका लागि मन्त्र ब्याण्डले बेलायत आउने प्रवेशाज्ञा (भिसा) प्राप्त गरिसकेको जानकारी मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन मगर (लालु) ले दिएका छन्।

सन् २००२ मा स्थापना भएको यस संस्थाले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि बेलायतमा रहेका नेपाली समुदायलाई संगीतको माध्यमबाट एकजुट गराउने उद्देश्यका साथ यो बृहत् खुला कन्सर्ट आयोजना गर्न लागेको मगर संघ युकेका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख संयोजक गुमानसिङ थापा मगरले जानकारी दिए।

यस वर्षको कन्सर्ट अल्डरसटस्थित प्रसिद्ध रसमोर एरिनामा सञ्चालन हुनेछ। आयोजकका अनुसार उक्त स्थानमा पुग्नका लागि फ्लिट रोडबाट प्रवेश मार्गको व्यवस्था मिलाइएको छ।

दिउँसो १३:०० बजेदेखि राति २२:३० बजेसम्म चल्ने यस सांगीतिक उत्सवमा एकताको सन्देश प्रवाह गरिने छ। भव्य र सभ्य रूपमा सम्पन्न गरिने यस कार्यक्रममा गरिमामय उपस्थितिका लागि आयोजकले बेलायतवासी सम्पूर्ण नेपालीहरूमा हार्दिक निमन्त्रणा समेत गरेको छ।

कार्यक्रम सम्बन्धी थप विस्तृत जानकारी तथा नयाँ अपडेटहरूका लागि संघको आधिकारिक वेबसाइट www.magaruk.org हेर्न सकिने मगर संघ युकेको केन्द्रीय समितिले जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!