दोवा समाज युकेको वार्षिक भेटघाट सम्पन्न

SHARE:

बेलायत। दोवा समाज युकेको वार्षिक भेटघाट कार्यक्रम शनिबार ३० मे २०२६ का दिन बेलायतको बर्कशायरस्थित स्यान्डहर्स्ट कम्युनिटी हल (Sandhurst Community Hall) मा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको पहिलो चरण अत्यन्तै व्यवस्थित र औपचारिकताका साथ सुरु भएको थियो। सुरुमा उपस्थित सदस्यहरूलाई सुरक्षासम्बन्धी आवश्यक जानकारी गराइएको थियो। त्यसपछि आसन ग्रहण, दीप प्रज्वलन र नेपालको राष्ट्रिय गानका साथ कार्यक्रमको औपचारिक उद्घाटन गरियो। सोही अवसरमा समाजका दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै दुई मिनेट मौन धारण समेत गरिएको थियो।

कार्यक्रमको दोस्रो चरणमा समाजको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको छ। दोवा समाज युकेको अध्यक्षमा कमला गर्बुजा पुन मगर र आमा समूहको अध्यक्षमा मैना कुमारी पुर्जाले नयाँ नेतृत्व लिनुभएको छ।

नयाँ नेतृत्व चयनसँगै समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने र उपलब्धि हासिल गर्ने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। नेपालबाट पहिलो पटक बेलायत आएका अतिथिहरू, नयाँ सदस्यहरू, सरकारी सेवामा पदोन्नति भएका, शिक्षा क्षेत्रमा उच्च योग्यता हासिल गरेका तथा समाजमा उल्लेखनीय र सकारात्मक कार्य गर्ने सदस्यहरूलाई भव्य स्वागत तथा सम्मान गरिएको थियो।

औपचारिक कार्यक्रमपछि आयोजित सांस्कृतिक सत्रमा स्थानीय कलाकारहरूले आ-आफ्नो उत्कृष्ट कला प्रस्तुत गरेका थिए भने कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित तथा लोकप्रिय गायक गगन पुनको विशेष सांगीतिक प्रस्तुति रहेको थियो, जसले उपस्थित सबैलाई भरपुर मनोरञ्जन दिलाएको थियो।

दोवा समाजका निवर्तमान अध्यक्ष रङ बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्णलाई सल्लाहकार देउमान गर्बुजाले स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो। कार्यक्रमको पहिलो औपचारिक सत्र सचिव नन्द गर्बुजाले सञ्चालन गर्नुभएको थियो भने दोस्रो सांस्कृतिक सत्र सांस्कृतिक सचिव श्री पुर्जाले सफलतापूर्वक सञ्चालन गर्नुभएको थियो। यसरी विविध सांस्कृतिक र रचनात्मक कार्यक्रमहरूका साथ दोवा समाज युकेको यस वर्षको वार्षिक भेटघाट नयाँ कार्यसमिति चयन गर्दै भव्यताका साथ सम्पन्न भएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!