अल्डरसट भलिबल क्लबद्वारा जर्सी प्रदान

SHARE:

एटा संवाददाता
लन्डन । नेपालीहरुको बाक्लो बसोबास रहेको मानिएको सैनिक बस्तीको रुपमा परिचित अल्डरसट क्षेत्रमा बसोबास गर्ने नेपाली युवाहरुले गठन गरेको अल्डरसट भलिबल क्लब (एभिसी) अल्डरसटले राष्ट्रिय बिच भलिबल खेलाडीलाई १० वटा जर्सी प्रदान गरेको छ ।

१३ औं साग अन्तर्गत हुन लागेको बिच भलिबलको तयारी गरिरहेका खेलाडीहरुलाई गत शुक्रबार २२ नोभेम्बरका दिन पोखरा ६ बाराही मैदानमा निर्माणाधीन बिच भलिबल कोर्टमा जर्सी र निक्याप हस्तान्तरण
गरिएको हो ।

हाल बेलायत बसोबास गर्दै आएकी पूर्वराष्ट्रिय भलिबल खेलाडी परीक्षा गुरुङकी बुवा खर्कमान गुरुङ र आमा गीतादेवी गुरुङले उनीहरुलाई जर्सी हस्तान्तरण गरेका हुन् । परीक्षा गुरुङ अल्डरसट भलिबल क्लबसँग सम्बन्धित छिन् ।
३ वर्षअघि स्थापना भएको अल्डरसट भलिबल क्लबले प्रत्येक वर्ष अल्डरसटमा भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

अल्डरसटस्थित भलिबल खेलाडीहरुलाई एउटै छातामुनी ल्याई भलिबल खेलको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको क्लबका संस्थापक अध्यक्ष चन्दन गुरुङले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!