सेनाका जवान भण्डारीद्वारा हाइटेन्सन करेन्ट लागेका देवराजको उद्धार : ‘फिल्मको हिरोलाई होइन, रियल हिरोलाई सम्मान गरौं’

SHARE:

– रामनाथ

फिल्मको हिरोलाई होइन, रियल हिरोलाई सम्मान गरौं ।
जस्ले दिए नयाँ जीवन,,,, सलाम छ ती वीर योद्धालाई ।

 

हामीले थुप्रै नेपाली एवम् हिन्दी फिल्महरु हेर्ने गर्छौं र फिल्मी नाटक शो हरुमा रमाइलोको लागि तयार पारिएको थुप्रै हिरो/होरोइनहरुले आगोमा हामफालेर कसैको ज्यान बचाएको देख्छौं । त्यस्तै अग्लो अग्लो भीरबाट हामफालेको, नदीमा हामफालेर कसैलाई बचाएको, उडेर टुप्लुक्क आएर बचाएको दृश्य देख्छौं अनि भन्छौं वा यार क्या गजब ! सलमान खानले क्या उडेर मान्छेलाई बचायो अनि राजेश हमाल निखिल उप्रेतीले पहाडबाट हामफालेर कुनै बच्चालाई बचाएको देख्दा ताली पिट्छौं,, जुन केबल क्यामेराद्वारा कैद गरेर बनाएको रमाइलो दृश्य मात्र हो ।

अनि हामी तिनैलाई वा क्या राम्रो भनेर उस्को निकै बखान गर्छौं । यत्ति राम्रो हिरो भनेर कहीकतैं त्यो मान्छेलाई देख्यौ कि गोजीबाट मोबाइल झिकेर एक सेल्फी पनि लिएर फेसबुकमा पोस्ट गरिहाल्छौं तुरुन्तै । तर यहाँ कयौ रियल हिरो पनि छन् जसले आफ्नो साँच्चिकै ज्यान दाउमा राखेर कसैलाई नयाँ जीवन दिएका छन् । आफ्नो ज्यानको कुनै प्रवाह नगरी अर्काको ज्यानको माया मानेर आगोमा हुोमिन जान्छन् । त्यस्तै बगिरहेको नदीमा हामफालेर कसैको उद्धार गर्छन् । आफ्नो ज्यानभन्दा कर्तव्यलाई आफ्नो जिम्मेवारी आफ्नो पेसालाई महान् ठान्ने ती वीर योद्धाहरुलाई कस्तो बिडम्बना हामीले न सम्मान गर्छौ न उहाँलाई नै चिन्छौं । न कुनै पत्रकारले उहाँको बारेमा, उहाँले गरेको राम्रो कामको बारेमा नै दुई शब्द लेख्छ । अनि कसरी सहास आउँछ, थप कार्य गर्नलाई ।

यो केबल एउटा कार्य हो तर यहाँ यस्ता हजारौं काम भइसकेका छन् । थुप्रै होनाहार कर्तव्यनिष्ठ वीरपुरुष छन् जसले आफ्नो ज्यानको बलिदान दिएर अरुको ज्यानको रक्षा गरेका छन् । ती महापुरुषहरुलाई हामीले बिर्सने हैन हरपल सम्झिरहनुपर्छ ।हामीले धर्म कर्म गर्न मठ मन्दिर धाइरहनु पर्दैन, फूलबत्ति चढाइरहनु पर्दैन अनि खसी बोका मन्दिरमा ढालीरहनु पर्दैन, धर्म त त्यो हो जुन आफ्नो मन, वचन र कर्मले अप्ठेरोमा परेको आपत बिपतमा परेको, दु:खमा परेको व्यक्तिलाई त्यो दु:खबाट मुक्तl दिलाइन्छ । कसैलाई सहयोग गरिन्छ । कसैलाई उद्धार गरिन्छ ।

यहाँ एक युवाको सहासको घटना समावेश गरिएको छ । नेपाली सेनाको गोरखबहादुर गण, राजदरबारमा कार्यरत प्युठ नुवाकोट पञ्चकन्या गाउँपालिका ३ घलेभञ्ज्याङका मछिन्द्र भण्डारीले करेन्ट लागेर जलिरहेको मान्छेको ज्यान बचाएका छन् । २०७६ कात्तिक २२ गते शुक्रबार दिउँसो काठमाडौंको बानियाँटारस्थित बन्दै गरेको एक घरमा बत्तिको काम गरिरहेका लमजुङका देवराज अधिकारी करेन्ट लागेर जलिरहेको अवस्थामा भण्डारीले उद्धार गरेका हुन् । मृत्यु हुने अवस्थामा पुगेका अधिकारीलाई भण्डारीले निकै ठूलो जोखिम मोलेर आफ्नो ज्यानको प्रवाह नगरी घाइतेलाई छट्पटाउँदै गरेको अवस्थाबाट उद्धार गरी हस्पिटल पठाएका थिए । र पछि उनी घाइतेको अवस्था बुझ्न हस्पिटल पनि पुगेका थिए । उनको यो बहादुरीलाई सलाम छ अनि नेपाली सेनालाई र गोरखबहादुर गणलाई पनि ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!