साइबर अपराध अहिलेको प्रमुख चुनौती : प्रहरी महानिरीक्षक

SHARE:

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले साइबर अपराध शान्ति सुरक्षाको प्रमुख चुनौतीको रुपमा खडा भएको बताएका छन् । समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम रहेको उल्लेख गर्दै उनले प्रविधिको दुरुपयोग रोक्नतर्फ प्रहरीले आवश्यक कदम चालेको जानकारी गराए ।

“सीमावर्ती अपराध, लागुऔषध, साइबर अपराध तथा सामाजिक सञ्जालको दुरुपयोगजस्ता गतिविधि नियन्त्रणमा प्रहरी सक्रिय छ, प्रविधिजन्य अपराध अनुसन्धानमा प्रहरी सक्षम बन्दै पनि गएको छ”, खनालले भने । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत स्नातकोत्तर तहका विद्यार्थीसँग आइतबार काठमाडौँमा भएको अन्तरक्रियामा उनले राज्यको अग्रपङ्क्तिमा रहेर कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीको जिम्मेवारीमध्ये अपराध अनुसन्धान तथा नियन्त्रण प्रमुख जिम्मेवारी भएको बताए ।

अपराध नियन्त्रणका लागि समुदायको सहयोग र सहकार्यको महत्व रहने उल्लेख गर्दै खनालले सीमित साधन स्रोत तथा जनशक्तिका बीच प्रहरीले काम गरिरहेको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!