तमु सांस्कृतिक प्रतिष्ठान १९ औं वार्षिकोत्सवको तयारीमा

SHARE:

हुम तमु
पोखरा । उच्च शिक्षा हाम्रो लक्ष्य नाराका साथ स्थापित तमु साँस्कृतिक प्रतिष्ठान नेपाल १९ औं वार्षिकोत्सवको तयारीमा जुटेको छ।

ग्रामीण भेकको सामुदायिक विद्यालयमा अध्ययनरत वार्षिक असी जना भन्दा बढी तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै शिक्षाप्रति उत्प्रेरित गरिरहेको प्रतिष्ठानले माघ महिनामा वार्षिकोत्सव गर्ने तयारीमा जुटेको प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुले बताए । विहिवार बसेको प्रतिष्ठानको बैठकले वार्षिकोत्सवको मिति करिब करिब तय गरेको भएता पनि प्रतिष्ठानको विशेष सहयोगी संस्था तमु धिं युकेका अध्यक्ष नन्दजंग तमु, संस्थापक अध्यक्ष मिनप्रसाद तमु लगायतको टिम पुसको अन्तिम साता नेपाल आगमन हुने खबरले उहाँहरुको समेत समयानुकुल मिलाएर वार्षिकोत्सवको मिति तय गरिने अध्यक्ष तमुले बताए ।

वार्षिकोत्सवमा प्रदान गरिने पुरस्कार तथा श्रष्टा सम्मानका लागि प्रतिष्ठानले विभिन्न छनौट समितिहरु गठन गरेको छ। पार्वता तमु स्मृति पुरस्कारबाट सम्मानित व्यक्तित्व छनौटका लागि तमु धिं नेपालका कार्यवाहक अध्यक्ष तथा प्रतिष्ठानका सल्लाहकार हुमबहादुर तमुको संयोजकत्वमा सल्लाहकारहरु झमबहादुर तमु र रुद्रकुमारी तमु मैना रहेको समिति गठन गरेको छ। कलाकारिता, पत्रकारिता र समाजसेवा गरी तीन विधाका विशेष योगदान पुर्याउने व्यक्तित्वहरुलाई वर्षेनी पालैपालो सम्मान गरिने क्रममा यस पटक समाजसेवीलाई सम्मान गरिने भएको छ। उक्त सम्मान पुरस्कार प्रतिष्ठानका सल्लाहकार गिरीप्रसाद तमुले आफ्नी ममतामयी आमा पार्वता तमुको स्मृतिमा स्थापना गरेका हुन् ।

यसरी नै तमु भाषा, साहित्यमा विशेष योगदान पुर्याउनु हुने श्रष्टालाइ सम्मानका लागि स्थापित घनबहादुर तमु स्मृति पुरस्कारका लागि श्रष्टा छनौट समितिको संयोजकमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष तथा सल्लाहकार चिजकाजी तमुको संयोजत्वमा सल्लाहकार हेमचन्द्र तमु, सहसचिव कञ्चन तमु सदस्य रहेको समिति गठन गरिएको अध्यक्ष चित्रबहादुर तमुले जानकारी दिए ।

यस्तै गरी लोककलाकारलाई प्रदान गरिने क्या.मिनबहादुर तमु स्मृति पुरस्कारका लागि श्रष्टा छनौट समितिको संयोजकमा प्रतिष्ठानका सल्लाहकार बरिष्ठ संस्कृतिकर्मी मेनकाजी तमु र सदस्यहरुमा सल्लाहकार गिरीप्रसाद तमु र प्रतिष्ठानका प्रथम उपाध्यक्ष श्रीजंग तमु रहेका प्रतिष्ठानका सचिव भेषराज तमुले जानकारी दिए ।

वार्षिकोत्सवमा लालशोभा उत्कृष्ठ आमा अवार्ड, उच्च शिक्षा पुरस्कार वितरण लगायत विशिष्ट व्यत्तित्वहरुलाई अभिनन्दन तथा सम्मान गरिने सचिव तमुले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!