नुवाकोट । पञ्चकन्या गाउँपालिकामा सक्रिय पञ्चकन्या जनकल्याण युवा समाजमा नयाँ कार्यसमिति चयन गरिएको छ । हालै सम्पन्न समाजको ११ औं वार्षिक साधारणसभाबाट टीकाराम तामाङको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको हो ।

सहमतीय आधारमा छानिएको नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा र उपाध्यक्षमा निर्मल विष्ट छन् । थापा यसअघि पनि वरिष्ठ उपाध्यक्षकै जिम्मेवारीमा थिए ।
यस्तै महासचिवमा निर्मला तामाङ चयन भएकी छिन् भने सचिवको जिम्मेवारी सरोजकुमार खातीले पाएका छन् । कोषाध्यक्षमा रामहरि भण्डारीले निरन्तरता पाएका छन् ।
सदस्यहरुमा राजेन्द्र भण्डारी, कृष्णबहादुर तामाङ, सुनिल दोर्जे लामा, रामकुमार कार्की र रमेश तामाङ चयन भएका छन् ।






