पार्टी एकता संयोजन समितिको बैठक सकियो, एकताको खाकालाई अनुमोदन गर्न दुवै दलको छुट्टा-छुट्टै बैठक बस्दै

SHARE:

काठमाडौँ, प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन बैठकले बुधबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार नै एकता गर्ने निर्णय गरेको छ ।

सहमति अनुसार दुवै दलका अध्यक्षले संयुक्त रूपमा एकीकृत पार्टीको नेतृत्व गर्नेछन् भने एकीकृत पार्टीको केन्द्रीय समिति करिब ४ सय ४१ सदस्यीय हुने छ। यस्तै त्यसमा एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय जना रहने छन् । ४३ सदस्यीय स्थायी समितिमा भने एमालेबाट २५ र माओवादीबाट १८ जना रहनेछन्।

यस्तै संयोजन समितिका सदस्य समेत रहेका एमाले महासचिव इश्वर पोखरेलले ९ सदस्यीय सचिवालय पनि गठन गर्ने सहमति भएको जानकारी दिए ।

उनको अनुसार अब दुवै दलको छुट्टा(छुट्टै केन्द्रिय कमिटिको बैठक बसेर पार्टी एकता संयोजन समितिको निर्णयलाई पारित गर्नेछन् ।

त्यसपछि भने दुवै दलको संयुक्त बैठक बसेर निर्णय गरेसँगै नयाँ दल दर्ता गर्न निर्वाचन आयोग जाने कार्यक्रम रहेको छ।

प्रकाशित मितिः ३ जेठ २०७५

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!