तेअङ्सी सिरिजंगाको ३१५औं जन्म जयन्ती मनाइयो

SHARE:

तेल्लोक । किरात लिम्बू जातिको भाषा, किरात लिपिका उन्नयनकर्ता तेअङ्सी सिरिजंगा (सिरिजंगासिङ थेबे) को ३१५औं जन्म जयन्ती मनाइएको छ ।

 

सिरिजंगाको जन्म जयन्तीको पावन अवसरमा विश्व शान्तिको लागि सेवा पूजा गरियो । सिरिजंगा गाउँपालिकाका प्रमुख टिका गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न जन्मजयन्ती समारोहमा विभिन्न ठाउँका मान्यजन, बुद्विजीवी र स्थानीयको बाक्लो उपस्थिति थियो ।
उनको जन्म १९६१ सालमा ताप्लेजुङमा भएको थियो । उनले नवौं शताब्दीमा सिरिजंगा हाङ नामका राजाले आविष्कार गरेको किरात लिपिलाई १८औं शताब्दीमा पुनर्उत्थान गरेका हुन् । किरात लिपिको पुनरुत्थानमा अतुलनीय योगदान गरेकाले उनको सम्मान त्यस लिपिलाई नै ‘सिरिजंगा लिपि’ भन्न थालियो । लिम्बू भाषामा प्रचलित उक्त लिपिमा अन्य किराती भाषा लिपिबद्ध गर्ने गरिएको छ । तेअङ्सी सिरिजंगा भाषा, लिपि र मुन्धुमको प्रचारप्रसारका क्रममा सिक्किम पुगेका थिए । उनको कार्यलाई अनुदार बौद्ध धर्मावलम्बीले मन पराएका थिएनन् । त्यहाँस्थित साङ्गछोलिङ गुम्बाका थासाङ लामा समूहको निर्देशनमा १७९८ सालमा उनको हत्या भएको भन्ने गरिन्छ । उनै तेअङ्सी सिरिजंगालाई मातृभाषा, लिपि, धर्मका पहिलो सहिद मानिन्छ । उनको सम्मानमा सरकारले २०४९ सालमा एक रुपैयाँ मूल्यको हुलाक टिकट प्रकाशन गरेको छ ।

उनको ऐतिहासिक जन्मथलोलाई संरक्षण र संवद्र्धन गर्दै लैजाने लगायत यस क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने लक्ष्यले देश विदेशमा रहेका चन्दा दाताहरुको सहयोगमा तेअङ्सी सिरिजङ्गा मिङ्सो माङ्हिम (मन्दिर) निर्माण गरी गएको साल ३१४औं जन्म जयन्तीको पावन अवसरमा वर्तमान किरात धर्मगुरु मुहिङगुम अङ्सिमाङ लिङ्देन आत्मानन्द ‘सेईङ’ तथा किरात धर्मगुरु आमा मुहिङगुम अङ्सिमामाङ साबा पबित्रहाङ्मा लिङ्देन ‘सेईङ’ हरुको हस्तबाहुलीबाट समुदघाटन सम्पन्न गरियो ।

माङ्हिमलाई संरक्षणको लागि सिरिजङ्गा गाउँपालिकाको सहयोगमा माङ्हिम घेराबारा भइसकेको र बाँकी रहेको काम तीव्ररुपमा भइरहेको बताइएको छ । माङ्हिममा भइरहेको कामको विवरण यस्ता छन् ।

माङ्हिमको गेटको सौजन्य आफ्नो बाबु पञ्चबहादुर सिंथेबे तथा आमा दिलकुमारी सिंथेबेको नाममा छोरी रिता सिंथेबेले निर्माण गरिदिएका छन् भने सेवा पूजा सकिएपछि बिश्रम गर्नको लागि चौतारी देउबहादुर इङवारम निर्माण गरिदिएका छन् । सो माङ्हिम त्येअङ्सी सिरीजंगा सिंथेबे स्मृति संस्थाको मातहतमा रहेको छ ।

रुपमान थेबे अध्यक्ष रहेको समितिको उपाध्यक्षमा दुर्गाबहादुर सिंथेबे, सचिवमा रनमान थेबे, सहसचिव बेलिता थेबे, कोषाध्यक्ष तेजदास लिम्बू छन् । राजबहादुर लिम्बू सदस्य छन् ।
समितिको त्येअङ्सी सिरीजंगा सिंथेबेलाई राष्ट्रिय विभुति बनाउन पहल गर्ने, सिरीजंगाको पूर्ण कदको सालिक निर्माण गर्ने, सिरीजंगा पार्क बनाउने, पर्यटकहरु बस्ने प्लेटफर्म तयार गर्ने र दर्शनार्थी भक्तजनहरु बस्ने आश्रमको निर्माण गर्ने योजना रहेको छ ।

त्यस्तै सिरीजंगासँग सम्बन्धित रहेका सामग्री र किरात भाषा लिपिका पुस्तक, पत्र पत्रिकाहरुलाई संग्रहित गरी सिरीजंगा संग्रहालय र पुस्तकालय सञ्चालनका निम्ति भवन बनाई सञ्चालन गर्ने, सो स्थललाई अझै सुन्दर र पर्यटकको आकर्षणको थलो बनाउन खानेपानी तथा आवश्यक भौतिक सामग्रीहरुको व्यवस्थापन गर्ने, रसंस्थाले सिरिजंगा मिङसो हाङसाम माङहिमको रेखदेख गर्ने र त्येअंसी सिरीजंगाको जन्म दिन मंसिर २९ गतेलाई सिरीजंगा जन्म जयन्तीको रुपमा प्रत्येक वर्ष मनाउने लक्ष्य रहेको रामकुमार सिंथेबेले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!