काठमाडौँ । प्रदेश ३ को नाम नेवाः ताम्सालिङ प्रदेश राख्नुपर्ने भन्दै विभिन्न जातीय संस्थाहरु विरोधमा उत्रिएका छन् ।


बागमती प्रदेश चाहिँदैन, पहिचान मेट्न पाइँदैन, प्रदेश ३ लाई नेवाः ताम्सालिङ प्रदेश नामकरण गर भन्ने नारा लगाउँदै सोमबार माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । विरोधमा आदीवासी जनजाति महासंघ, किरात राई यायोक्खा केन्द्रिय कार्य समिति, समाजवादी नेवाः संघलगायतका संघसस्थाहरुको आयोजनामा विरोध प्रदर्शन भएको हो ।
यसअघि नेकपना सचिवालय बैठक प्रदेश ३ को राजधानी हेटौँडा र नाम बागमती राख्न निर्देशन दिएको थियो ।

















