पञ्चकन्यामा माघ १ गते गोरु जुधाई मेला, पूर्वअर्थमन्त्रीसहित कांग्रेस नेताहरु सहभागी हुने

SHARE:


घलेभञ्ज्याङ (नुवाकोट) । माघे संक्रान्तिको अवसरमा पञ्चकन्या गाउँपालिका ३ घलेगाउँ पीपलडाँडामा पाँचौं गोरु जुधाई मेला हुने भएको छ ।

इतिहासको संरक्षण र पर्यटन प्रवर्द्धनको उद्देश्यसहित स्थानीय युवाहरुका सक्रियतामा माघ १ गते गोरु जुधाई मेला हुन लागेको हो । आयोजक नवप्रतिभा युवा समूहका अध्यक्ष शिवहरि विष्टले गोरु जुधाई मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । गोरु दर्ताको समय पुस १० देखि २८ सम्मलाई तोकिएको छ ।

मेलामा प्रथम हुने गोरु धनीले १५ हजार, दोस्रोले १० हजार र तेस्रो पुरस्कार ५ हजार रुपैयाँ कायम गरिएको छ । गोरु जुधाउन थप्रेक, समुन्द्रादेवी, पञ्चकन्या, भद्रुटार र महाकालीका किसानले सहभागी हुने गर्छन् ।

कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री रामशरण महत, कांग्रेसका युवा नेता प्रदीप पौडेल, जगदीशश्वर नरसिंह केसी लगायतको उपस्थितिमा हुन लागेको मेलामा राष्ट्रिय र स्थानीय कलाकाहरुको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा साउन्ड सिस्टम, प्रचारप्रसार, मैदान व्यवस्थापन, कलाकार र अतिथि लगायतको खाना खर्च, पुरस्कार लगायतमा ३ लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ । जसमध्ये १ लाख ५० हजार नेपाल पर्यटन बोर्ड र अपुग रकमका लागि चन्दा संकलन भइरहेको अध्यक्ष विष्टले जनाए । उनका अनुसार गोरु जुधाई कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने छ ।

घलेगाउँमा विसं २०७२ देखि गोरु जुधाई मेला चल्दै आएको छ । पञ्चकन्याको गोरु जुधाई मेला अवलोकनका लागि टोखा–छहरे सडकखण्डको छहरेबजार हुँदै काठमाडौंबाट झन्डै ४५ किलोमिटरको दूरी पार गर्नुपर्छ । हिउँदेयाममा कञ्चीसडक चालु रहेकोले गुर्जेभञ्ज्याङ-सुनखानी-भद्रुटारको कुण्डलामा मावि हुँदै उत्तरी भेगमा रहेको घलेगाउँमा सवा घण्टामा पुग्न सकिन्छ ।

मकर सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटका तारुका, पञ्चकन्यासहित विभिन्न स्थान, धादिङ, गोरखालगायत जिल्लामा समेत गोरु जुधाई प्रतिस्पर्धा एवं परम्परालाई निरन्तरता दिने गरिन्छ ।

बझाङी राजा जयपृथ्वीबहादुर सिंहको पालामा विसं १८८७ तिर गोरु जुधाई सुरु भएको इतिहास छ ।

माघे सङ्क्रान्तिमा नदी किनार र घाटमा स्नान गरी चाकु, घिउ, तरुल लगायत मिष्ठान्न भोजन गर्ने परम्पराका साथमा नुवाकोटमा भने सदियौंदेखि गोरु जुधाएर छुट्टै मनोरञ्जन लिइँदै आएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!