प्रदेश नं ३ को बैठकमा प्रदेशको नाममाथि छलफल सुरु

SHARE:

काठमाडौं । प्रदेश नं ३ को प्रदेशसभाको शनिबार बसेको दोस्रो बैठकमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश नं ३ को नामकरणसम्बन्धी ‘वाग्मती’ को प्रस्तावलाई छलफलको लागि प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावलाई सत्तारुढ नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयाल, साझा विवेकशील पार्टीको रमेश पौडेल र शोभा शाक्य, राप्रपाका रीता माझी र राप्रपा (संयुक्त)को रीना गुरुङले समर्थन गरेका थिए । उक्त प्रस्तावमा नेपाल किसान मजदूर पार्टीका नेता सुरेन्द्रराज गोरसाइले सङ्घीय राजधानी काठमाडौँलाई रक्षाकवजको रुपमा जोड्न प्रदेश नं ३ को राजधानी हेटौँडा तोकिनु औचित्यपूर्ण रहेको उल्लेख गर्दै प्रदेश सरकारले आगामी वर्षहरूमा प्रदेशका जनतालाई आधारभूत विकासको साथै आर्थिक समृद्धितर्फ जोड्ने कार्यको लागि केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे ।

उनले प्राचीन सभ्यताको प्रतीकका रुपमा रहेको वाग्मतीको नामकरणलाई सहमतिका साथ पारित गर्न लागिपर्ने राय दिए । वाग्मती प्रदेशको नामकरणसम्बन्धी छलफलमा सहभागी हुँदै स्वतन्त्र सांसद प्रेमबहादुर तामाङले उक्त प्रस्तावमाथि आफ्नो सर्मथन नरहेको र प्रदेशको अधिकांश जिल्लामा आदिवासी जनताको बहुल्यता रहेको तथ्य औँल्याउँदै उक्त समुदायलाई पनि आत्मसम्मानका साथ समेटिने खालको प्रदेशको नामकरण गर्न सरकारसँग माग गरे ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक आइतबार बिहान ९ बजे बस्ने गरी स्थगित गरे । शनिबार दुई पटक सञ्चालन भएको बैठक करिब तीन घण्टा २० मिनेट चलेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!