माघेसंक्रान्तिमा सार्वजनिक बिदा दिन मगर संघको माग, टुँडीखेलमा महोत्सव आयोजना

SHARE:

काठमाडौं । नेपाल मगर संघले माघेसंक्रान्ति चाडमा सार्वजनिक बिदा दिन माग गरेको छ । माघेसंक्रान्तिको अवसरमा सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट तथा शुभकामना आदनप्रदानमा मगर संघले सार्वजनिक विदा दिन माग गरेको हो ।

मगर संघले माघेसंक्रान्तिको अवसरमा माघ १ र २ गते काठमाडौंको टुँडीखेलमा ‘माघेसकराती राष्ट्रिय चाड शुभकामना आदान प्रदान तथा मगर मौलिक सांस्कृतिक महोत्सव’ आयोजना गरेको छ । संघले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

पत्रकार भेटघाटमा मगर संघका अध्यक्ष नवीन रोकामगरले माघेसंक्रान्तिको अवसर दिंदै आएको सार्वजनिक विदा कटौती गरेर सरकारले जनजातिमाथि अन्याय गरेको बताए । उनले माघेसंक्रान्तिको अवसरमा चार प्रदेशका सरकारले सार्वजनिक विदा दिएको बताउादै संघीय सरकारले नै विदा दिनुपर्ने बताए । ‘हामीले आज विहान गृहमन्त्रीलाई भेटेर माघेसंक्रान्तिका दिन सार्वजनिक विदा दिन आग्रह गरेका छाौ, उहााले मन्त्रीपरिषद्मा प्रस्ताव लैजान्छु भन्नुभएको छ’, संघका अध्यक्ष रोकाले भने, ‘माघेसंक्रान्ति, ल्होछार, उधौली उभौली जस्ता चाडहरुमा दिइदै आएको सार्वजनिक विदा पुनर्स्थापित नगरिए हामी बाध्य भएर आन्दोलनमा जाने छाौ ।’

पत्रकार भेटघाटमा जारी वक्तव्यमा ‘माघेसकराती लगायतका साास्कृतिक चाडपर्वहरुमा नेपाल सरकारले कतौती गरेका सार्बजनिक बिदाहरुलाई समानता र सामाजिक न्यायको सिद्धान्तको आधारमा पुनःस्थापना गराउनका लागि मन्त्रीस्तरीय समितिले ल्याएको सार्वजनिक विदा सम्बन्धीको प्रस्ताव प्रति हार्दिक स्वागत गर्दै यथासक्य मन्त्रीपरिषद्बाट निर्णय गरि कार्यन्वयन गर्न माग गर्दछौं’ भनिएको छ ।

संघले ‘माघेसकराती राष्ट्रिय चाड मनाउदै अघि बढौं । मगरात पहिचान र अधिकार प्राप्तिका लागि लडौं’ भन्ने मूल नारासहित माघ १ र २ गते टुडिखेलमा आयोजित मगर मौलिक सांस्कृतिक महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले माघ १ गते अपरान्ह १ बजे औपचारिक उद्घाटन गर्ने संघले जनाएको छ । महोत्सवमा मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक भेषभुषा, मौलिक खानपिनको प्रदर्शनी, धनुणबााण हान्ने तथा शुभकामना आदान–प्रदान गरिने संघले जनाएको छ ।

कसरी मनाउँछन् मगरहरुले माघेसंक्रान्ति
नेपालको सबै जिल्लाहरुमा बसोबास रहेको प्राचीन आदिवासी जनजाति मगर समुदायभित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता छन् । मौलिक संस्कृतिको रुपमा मगरहरुले माघेसकराती चाड, भूम्यापूजा, बैशाखे पूर्णिमा, साउने सकराती आदि चाडपर्व सबैले मनाउने गर्दछन् भने भाषिक रुपले मगरहरुले बाह्रमगरात (मगर ढुट), अठारमगरात (मगर खाम/पाङ) र मगर काइके बोल्ने गर्दछन् । मौलिक कला–संस्कृतिका हिसाबले मगरहरुमा हुर्रा, सोरठी, कौडा, मारुनी, पौस्यारु, टप्पा, घााटु, यानीमाया आदि नाचगान प्रचलित छन् ।

माघेसकराती चाड विशेष त चेली तिहारको रुपमा मनाइन्छ । नयाा यामको सुरुवात यसै दिनदेखि उभौली सुरुभई साउने सकरातीमा समापन भई सोही दिनदेखि उद्यौली सुरु हुने प्रचलन छ । यस चाडमा दाजुभाई दिदिबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूलपानी र धारालाई जमरा र पाटीले सजाउने साथै नुहाई धुवाई गरेर चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौं को पात लिएर घरको धूरी खााबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरुलाई माईती दाजुभाईहरुले पूजा गर्ने गरिन्छ ।

चामलको सेतो टिका र जौं पाटीको फुल लगाइ दक्षिणा अनि आशीर्वाद दिने चलन छ । यस दिन छोरी चेलीहरुलाई गिठ्ठा, भ्याकुर, पिडालु, तरुल, रोती सहितको परिकार मिसिएको मिस्रा दिने गरिन्छ घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरु कै घर–घरमा पठाइदिने गरिन्छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचदी, घिउको परिकार बनाइको परिकार हो । यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नााच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने आदि गरिन्छ ।

सांस्कृतिक हिसाबले यस चाडदेखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आबाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ । यसै दिनदेखि बेशीबाट लेकतिर बसाइा सर्ने गरिन्छ । मगर समुदायमा यस चाड सांस्कृतिक र सामाजिक हिसाबले अत्यन्तै महत्व राख्ने गर्दछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!