नेपाल भ्रमण वर्षको अवसरमा काठमाडौंमा वातावरण साहित्य सम्मेलन

SHARE:

एटा संवाददाता
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा काठमाडौंमा वातावरण साहित्य सम्मेलन हुने भएको छ । बेलायतस्थित नेपाली दूतावासद्वारा गठित साहित्य समन्वय समितिले ४ जनवरी २०२० का दिन राजदूतावास लन्डनमा आयोजना गरेको नेपाल भ्रमण वर्ष उद्घाटन समारोहमा सो घोषणा गरिएको हो ।

विदेशमा रहेका दर्जनौं नेपाली साहित्यकारलाई सन् २०२० मा नेपाल भित्र्याउने उद्देश्यले आउँदो जुन महिनाको ५ र ६ तारिख काठमान्डौंमा वातावरण साहित्य सम्मेलन आयोजना गरिने समिति सचिव विजय हितानले जानकारी दिए । प्रत्येक वर्ष ५ जुनका दिन विश्व वातावरण दिवस पनि मनाइन्छ ।
सन् २०१९ मा वातावरण साहित्यको चौथो शृंखला लन्डनमा सम्पन्न भइसकेको र २०२० को पाँचौ शृंखलालाई काठमाडौंमा आयोजना गरिने पनि हितानले प्रस्ट्याए ।

नेपाली साहित्यका अन्य धार नभई किन वातावरण साहित्य सम्मेलन नै आयोजना गर्न लागिएको भन्ने प्रश्नमा सचिव हितानले भने, ‘पृथ्वीको पर्यावरण अथवा वातावरण मानवीय गतिविधिका कारणले दिनप्रतिदिन खस्कँदै गइरहेको अवस्थामा यसको संर क्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न अतिआवश्यक परेको र साहित्यले यस विषयमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकोले वातावरण साहित्य सम्मेलन नेपालमा आयोजना गर्ने निर्णय गरिएको होे ।’ पाँचौ वातावरण साहित्य सम्मेलनको प्रमुख संयोजक हितान स्वयम् रहने र यसलाई नेपालमा वरिष्ठ समालोचक तथा साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई र युवाकवि प्रज्ज्वल अधिकारीको सहयोग रहन बताइएको छ ।

सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न स्वदेश तथा विदेशमा रहेका साहित्यकार तथा साहित्यिक संघसंस्थाहरू आउँदा दिनहरुमा निमन्त्रणा पठाइनेछ । साहित्य सम्मेलनमा वातावरण साहित्यका विषयमा कार्यपत्र पेस, इको सिर्जना वाचन र वातावरणसम्बन्धी लेखिएका पुस्तक विमोचन गरिने कार्यक्रम छ ।

सम्मेलनलाई सफलताका साथ सम्पन्न पार्न ‘एक व्यक्ति १ पाउन्ड’ को अवधारणा अपनाएर बढीमा १००० पाउन्ड संकलन गरी कार्यक्रममा खर्च गरिनेछ । आफ्ना १००० मित्र तथा आफन्तहरुसँग १ पाउन्ड संकलन गर्दा उनीहरुलाई वातावरण साहित्यको महत्व बुझाउन सजिलो पर्ने र यस विषयमा जनचेतना फैलाउने उद्देश्यले यस्तो खाले कोष संकलन कार्यलाई एक चुनौतीको रुपमा आपूmले लिएर अघि बढेको हितानले जानकारी दिए । ‘यो अन्य साहित्य सम्मेलनभन्दा पृथक् भएकोले हुन सक्छ, अहिलेसम्म धेरै विदेश तथा स्वदेशका साहित्य संस्थाहरु र साहित्यकारहरुले गहिरो रुची देखाइसकेका छन्’ साहित्यकार हितानले भने ।

नेपाल भ्रमण वर्ष २०२० साहित्य समन्वय समितिमा नेपाली साहित्य विकास परिषद् बेलायतका अध्यक्ष कोमल मल्ल संयोजक, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरका अध्यक्ष सुमल गुरुङ, सहसंयोजक, उपाक्ष्यक्ष लक्ष्मी राई लारा सहसंयोजक, अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान बेलायतका अध्यक्ष विकलचन्द्रद्रआचार्य सहसंयोजक र विश्व नेपाली साहित्य महासंघ साउथ यूकेका पूर्वअध्यक्ष तथा वातावरण साहित्यकार विजय हितान सचिव छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!